काठमाडौं । मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेर अघि मन्त्रिपरिषद् नियमित बैठक सुरु भएको हो ।