Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनौठो आवाज सुन्नुहुन्छ ? “जटिल मानसिक समस्या हुन सक्छ”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २४ २०७९
  • 2.4K
    SHARES

काठमाडौँ । मानसिक रोग भन्नासाथ डिप्रेसन, एन्जाइटीको मात्र चर्चा हुन्छ । तर धेरैलाई भित्रभित्रै तर्सारहेको सिजोफ्रेनियाबारे सामान्य जानकारी पनि हुँदैन । यो समस्याको लक्षण, असर, जटिलताबारे बुझ्नैपर्छ ।

के हो सिजोफ्रेनिया ?

यो गम्भीर प्रकारको मानसिक रोग हो । मस्तिष्कमा केही रासायनिक सन्तुलनहरू छन् । कतिपय अवस्थामा दिमागमा हुने डोपामाइन र ग्लुटामेट जस्ता न्युरोट्रान्स मिटरसहित केही प्राकृतिक रूपमा हुने मस्तिष्क रसायनमा समस्या आउँदा स्किजोफ्रेनिया हुन सक्छ ।

कसलाई देखिन्छ यो रोग ?

सामान्यतया १० वर्षका बालबालिकादेखि वृद्धा उमेरका व्यक्तिसम्ममा यो रोग देखिन सक्छ । जसमध्ये पनि २० देखि ४० वर्षसम्मको उमेर समूहलाई यो बढी देखिएको विभिन्न तथ्यांकमा उल्लेख छ ।

किन हुन्छ ?

सिजोफ्रेनिया कुनै किसिमको स्वास्थ्य परीक्षणबाट पत्ता नलाग्ने भएकाले हालसम्म यसको ठोस कारण प्रमाणित भइसकेको छैन । तसर्थ, यसको लागि बिरामीको व्यवहारलाई नै अध्ययन गर्नुपर्ने हुन्छ ।

तर पनि केही कारण जिम्मेवार मानिन्छ । यद्यपि, लागूपदार्थ सेवन तथा वंशाणुगत रोगको जोखिमलाई बढावा दिन्छ । यसबाहेक जन्मजात जटिलताहरू कुपोषण वा अन्य भाइरसको जोखिमले मस्तिष्कको विकासलाई असर पार्दा पनि यो रोग लाग्न सक्छ ।

बाल्यकालमा कुनै न कुनै मानसिक पीडाको सिकार हुँदा पनि यो रोग विकास हुन सक्छ । उदाहरणका लागि सानै उमेरमा आमाबाबुमध्ये एकको मृत्युले पनि बच्चालाई सिजोफ्रेनिया जस्ता गम्भीर समस्याबाट ग्रस्त बनाउन सक्छ ।

कसरी थाहा हुन्छ ?

सिजोफ्रेनिया भएका व्यक्तिमा लक्षणहरू फरक–फरक देखिन सक्छन् । लक्षण आफैं आउने जाने पनि हुन सक्छ । यसबाहेक यी लक्षण सम्पूर्ण जीवनकालमा दुई वा तीन पटक मात्र देखा पर्न सक्छन ।

भ्रम

सिजोफ्रेनिया हुँदा केही यस्ता आशंका र भ्रम पनि मनमा पर्छन्, जुन वास्तवमा सत्य हुँदैनन् । मनमनै कोही छ, कसैको आवाज सुनेको जस्तो लाग्न सक्छ । त्यसले उनीहरुलाई त्रसित गराउने वा कल्पना गरिएको व्यक्ति वा आवाजले उसलाई हानि पुर्‍याउन सक्छ । परिवारलाई नै सखाप पार्न आयो भन्ने जस्तो भ्रम पैदा हुन सक्छ ।

सोच्ने र व्यवहार गर्ने तरिका असामान्य

सिजोफ्रेनियाबाट पीडित व्यक्तिको सोच्ने र बोल्ने तरिकामा फरक आउन थाल्छ । विशेषगरी यदि उनीहरूलाई कुनै प्रकारको प्रश्न सोधियो भने उनीहरुको जवाफ सामान्य व्यक्तिको जवाफभन्दा पूर्ण रूपमा फरक दिन सक्छन् ।

साथै केही अर्थहीन शब्दहरू प्रयोग गर्ने जुन सामान्य मानिसले बुझ्न सक्ने क्षमतामा पनि नहुन सक्छ ।

अव्यवस्थित रहनु

यी लक्षण धेरै रूपमा देखा पर्न सक्छन्, कहिले उग्र हुने, कहिले शान्त हुने, कहिले एकोहोरो भएर एकै ठाउँमा बसिरहने, कसैको कुरा नसुन्ने, अनुपयुक्त वा अनौठो आसनमा बस्ने र सुत्ने, कसैले बोलाएमा प्रतिक्रिया नदेखाउने जस्ता लक्षण देखिन्छन् ।

त्रासमा रहनु

सिजोफ्रेनियाभएका प्रायः व्यक्ति एक्लै बस्ने, ढोका थुन्ने, ढोका वा झ्याल कसैसँग नबोल्ने, बत्ती निभाउने, बोल्न झर्को मान्ने जस्ता समस्या देखिन्छ ।

नेपालमा बिरामीको अवस्था

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा २० लाख मानिस सिजोफ्रेनियाबाट पीडित छन् । अन्य रोगको तुलनामा यसका घटना कम भए पनि सिजोफ्रेनिया अप्रत्यासित रुपमा बढी छ ।

नेपालमा पनि यसबाट युवादेखि वृद्धसम्मलाई पिरोलेको छ । व्यक्तिले सामान्यभन्दा बढी असामान्य व्यहार गर्न थालेमा पागल बन्ने डरले पनि घरमै थुनेर राख्ने गरिन्छ, जसले पहिचान हुन नसकी अवस्था जटिल बन्न सक्छ ।

पहिचान र उपचार

विश्व स्वास्थ्य संगठनको नियमनमा रहेर तालिमप्राप्त र अनुभवी मनोचिकित्सकले बिरामीको भावना, मनोदशा, उसले दिने प्रतिक्रिया, शरीरको हाउभाउ र पारिवारिक इतिहास हेरेर मात्र सिजोफेर्निया भएको पत्ता लगाइन्छ ।

त्यसपछि औषधिको सहायताले उनीहरुको व्यवहारलाई नियन्त्रण गर्न सकिन्छ । बिरामीको प्रकृतिअनुसार औषधि चलाइन्छ । थोरै मात्र असर गरेको छ भने थोरै डोजको औषधि चलाइन्छ । गम्भीर अवस्थाका बिरामीलाई हाई डोजको औषधि पनि चलाउनुपर्ने हुन्छ । उनीहरुलाई दिने औषधि लामो समय वा आजीवन पनि खानुपर्ने अवस्था हुन्छ । पटक–पटक फलोअप गराउँदै उनीहरुको अवस्थालाई सुदृढ गर्दै लगिन्छ । औषधि उपचारसँगै उनीहरुलाई माया, प्रेम र स्नेहको पनि उत्तिकै आवश्यकता हुने हुँदा परिवारले यी पक्षमा विशेष ध्यान दिनुपर्छ ।

(मनोचिकित्सक पाण्डे ललितपुर पुल्चोकस्थित अल्का अस्पतालमा कार्यरत छन् । उनीसँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४