Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध सर्वाेच्च पुग्याे अख्तियार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २१ २०७९
  • 1.8K
    SHARES

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतमा दायर भएका मुद्दामा विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी लाभ तथा हानीसम्बन्धी मुद्दामा उनीहरुविरुद्ध आयोगले सर्वोच्च पुनरावेदन गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

सिक्टा सिँचाइ आयोजना अलपत्र पारेको अभियोगमा पूर्वमन्त्रीसमेत रहेका ठेकेदारपाण्डेसहित सबै २१ जनालाई गत असार ५ गते विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सफाइ दिने फैसला गरेको थियो ।

१३ अर्ब लागतमा एक दशक लगाएर निर्माण गरिएको नहर परीक्षणका लागि पानी छाड्दा क्षतिग्रस्त भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किएपछि डिजाइनमै त्रुटि गरेको तथा निर्माणका क्रममा गुणस्तरीय काम नगरेको भन्ने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनालाई २०७५ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सिक्टा सिँचाइ आयोजना निर्माणको जिम्मा पाएको कालिका कन्ट्रक्सन जेभीका प्रमुख रहेका पाण्डेविरुद्ध त्यही हैसियतमा दुई अर्ब १३ करोड ७६ लाखको बिगो कायम गरी मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४