Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“डा. स्वर्णिम वाग्लेलाई गगनले भने, ‘तनहुँ कसैका लागि प्रयोग गर्ने ठाउँ होइन”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २० २०७९
  • 1.8K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तनहुँ–१ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको बताएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन दर्तापछि कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने,तनहुँवासीले गत आम चुनावमा पाँच वर्ष जिम्मेवारी सुम्पिनु भएको नेपाली काँग्रेसका नेता अहिले राष्ट्रपति बन्नु भएको छ । यो ठाउँ कसैका लागि प्रयोग गर्ने ठाउँ होइन ।

नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवार बनेका अर्थविद डा. स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री थापाले राष्ट्रपतिको उत्तराधिकार गोविन्द भट्टराई भएको बताएका छन् । विशेष परिस्थितिले भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जित्नुको विकल्प नभएको उनको भनाइ रहेको छ । 

‘गोविन्द भट्टराईबाट हामीले शालीनता सिक्ने हो । गोविन्द भट्टराई राजनीतिक आँखाले तनहुँमा खानेपानी र विद्यार्थीको समस्या देख्यो । उहाँ यो बाटोले चिनेको मान्छे । तनहुँवासीले संसदमा अब शंकर भण्डारीसँग गोविन्द भट्टराईलाई देख्ने महामन्त्री थापाले दाबी गरेका छन्  । 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका नेता कार्यकर्तालाई पनि भट्टराईले न्याय गर्ने बताएका छन्  । ‘गोविन्द भट्टराई, हराउने कराउने, डराउने मात्र सांसद बन्नु हुन्न । गोविन्द भट्टराईलाई जिताएर गलत गरेछु भन्ने हुँदैन,’ उनले भनेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४