Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारी कर्मचारीको उदाहरण दिंदै रविले भने– मेरो त्रुटि कत्रो हो हेरौं


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २० २०७९
  • 1.2K
    SHARES

काठमाडौँ । नागरिकता सम्बन्धी विवादका कारण सांसद पदबाट मुक्त भएपछि उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले गरेको त्रुटि कत्रो भन्ने भन्ने कुरा हेरिदिन आग्रह गरेका छन् ।

आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आज बिहान उम्मेदवारी दर्ता गराएपछि उनले न्यायमूर्तिबाट विवेक प्रयोग हुने विश्वास व्यक्त गरेका छन्  ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । तर नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएकाले आगामी बैशाख १० उपनिर्वाचन हुँदैछ । पुनः सोही क्षेत्रमा उपनिर्वाचन लड्न लाग्दा केही अनौठो लागे पनि उत्साहित र आशावादी रहेको उनले बताएका छन्  ।

नेपाली नागरिकता त्यागेर अमेरिकाको पीआर लिएको र नेपाल फर्किपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालयबाट पुनः नेपाली नागरिकता लिएका थिए । तर खारेज भइसकेको पुरानो नागरिकताबाट राहदानी बनाएको भन्दै उनीविरुद्ध अर्को मुद्दा परेको छ ।

उम्मेदवारी दर्तापछि पत्रकारहरुले उनलाई सोही मुद्दाबारे जिज्ञासा राखेपछि रविले अपराध कत्रो हो भन्ने कुरामा विवेक प्रयोग गर्नुपर्ने बताएका छन्  ।

सरकारी कार्यालयको कलम कर्मचारीको घर पुग्ने गरेको बताउँदै उनले भने, ‘९९ प्रतिशत कर्मचारीले सरकारी कार्यालयको कलम घरमा लगेर आफ्ना छोराछोरीलाई लेख्न दिनुहुन्छ । त्यो कलम सरकारी सम्पत्ति हो नि । सरकारी सम्पत्तिको दुरुपयोग हो कि होइन । तर त्यसको मूल्यमा नजानुस् । त्यसरी नै मेरो त्रुटि कत्रो हो हेरौं ।

उनले अगाडि भने, ‘कलम लगेर छोराछोरीलाई नदिने बिरलै छन् होला । यदि मुद्दामाथि मुद्दा चल्ने हो भने, दुरुपयोग नै हो भन्ने हो भने प्रत्येक कर्मचारीलाई मुद्दा हाल्न सकिन्छ । के हामी त्यसरी जान चाहेको हो र ? मैले न्यायिक प्रक्रियालाई कहिले नजरअन्दाज गरेको छु र ?

फेरि पनि न्यायको कठघरामा उभिनुपर्छ भने त्यसका लागि जीवनभर तयार रहेको लामिछानेले बताएका छन्  । तर आफूलाई न्यायालयप्रति विश्वास भएको उनले बताएका छन्  । ‘कुन किसिमको सजाय भोग्नुपर्छ भनेर जीवनभर तयार भएर बसेको मान्छे हुँ,’ लामिछानेले भने, ‘मलाई न्यायालयमा विश्वास छ, न्यायमूर्तिहरु प्रति विश्वास छ, मलाई न्यायिक प्रक्रियामा विश्वास छ ।

उम्मेदवारी दर्ता गराएपछि उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताएका हुन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४