Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालतले कैद र दण्ड-जरिवाना असुल गर्न सीआईबीको सहयोग लिने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १९ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र सरकारी बिगो असुल गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग लिने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको अध्यक्षतामा रहेको केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र बिगो असुल गर्न सीआईबीको सहयोग लिनेदेखि न्यायिक प्रहरी माग गर्नेसम्मका निर्णयहरु गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमेत सहभागी बैठकले धेरै कैद, दण्ड, जरिवाना र सरकारी बिगो रकम असुल गर्न बाँकी १७ जिल्लाको फरार कसुरदारको सूचना सीआईबीलाई दिने निर्णय गरेको छ ।

७७ जिल्लामध्ये काठमाडौ, पर्सा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, ललितपुर रुपन्देही, सुनसरी, झापा, कास्की, गोरखा, मकवानपुर, सर्लाही, उदयपुर, रामेछाप,बारा, दोलखा र चितवनसमेत १७ जिल्ला अदालतमा धेरै कैद, दण्ड, जरिवाना र सरकारी बिगो असुल गर्न बाँकी छ ।

उक्त १७ वटा जिल्ला अदालतहरुको फरार कसुरदारहरुको सूचना सीआईबीलाई प्रदान गर्ने गरी (अदालत, नेपाल प्रहरी, सरकारी वकिलबीच) संयुक्त संयन्त्र बनाउन थप गृहकार्य गर्ने’ निर्णयमा भनिएको छ ।

समितिले जिल्ला अदालत काठमाडौंबाट मात्र ८ अर्ब रुपैयाँ भन्दा बढी जरिवाना असुल गर्न बाँकी देखिएको उल्लेख गरेको छ । त्यसैले अदालतको न्यायिक प्रहरीले अदालत, नेपाल प्रहरी र सीआईबीसँग थप लगत तथा सूचना आदान प्रदान गर्नको लागि समन्वय र सहयोग कायम गर्न निर्देशन दिने समितिले निर्णय गरेको छ ।

समितिले हाल ब्यारेक भएका ५२ वटा जिल्ला अदालतमा फैसला कार्यान्वयनसम्बन्धी अभियान सञ्चालन गर्न थप न्यायिक प्रहरी आवश्यक परेको निश्कर्ष निकालेको छ । ती जिल्ला अदालतमा दरबन्दी अनुसार रिक्त पदपूर्ति गरिदिन प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्ने पनि समितिले उल्लेख गरेको छ ।

सर्वोच्च अदालतले उक्त समितिको १९ फागुनमा बसेको निर्णय १२ चैतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको छ । मन्त्रालयले १६ चैतमा सबै स्थानीय तहमा पत्राचार गरी सर्वोच्च अदालतको उक्त समितिको निर्णय पठाएको छ ।

समितिले फैसला कार्यान्वयन गर्न कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको गठन गर्ने पनि निर्णय गरेको छ । त्यसपछि उपत्यकाको हकमा उक्त विभागले नै कार्यान्वयन गर्ने र बाँकी ७४ जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन गर्ने निर्णय भएको सर्वोच्च अदालतका सहरजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४