Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिकित्सकको टोलीसहित मुम्बई पुगे डा.शुनिल शर्मा भेटे डा.भण्डारी” बुझे स्वास्थ्य अवस्थाको बारेमा !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १९ २०७९
  • 3K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्माले भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चिकित्सकको टोलीसहित गएका उनले शनिबार भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

पार्टीका तर्फबाट सांसद शर्मा बर्न सेन्टरका प्रमुख प्लास्टिक सर्जन डा. शंकरमान राईलाईसमेत लिएर भेट्न पुगेका थिए । साथै उनकी पत्नी नोबेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दिरा बराल शर्मा पनि भण्डारीलाई भेट्न मुम्बई पुगेकी थिइन् ।

उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीलाई भेटेपछि प्रतिक्रिया दिँदै उनले स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताएका छन् । डा.सुनिल  शर्माले नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्र भण्डारीको सबै अवस्था बुझेको छु सबै राम्रो भइरहेको छ उनले भने,सुधार तीव्र गतिमा भइरहेकोले एक महिनाभित्र सांसद डा. चन्द्र भण्डारी अस्पतालबाट डिस्चार्ज हुने सम्भावना रहेको छ ।

डा.चन्द्र भण्डारी बर्नस् सेन्टरमा गत फागुन ४ गतेदेखि उपचाररत छन् । फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनकी ८६ वर्षीया आमाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४