Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १९ २०७९
  • 1.8K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. चैत १९, २०७९ । ई.सं. २ अप्रिल २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ चौलाथ्व । पिङ्गल उत्तरायण वसन्त । आइतबार चैत्र शुक्लपक्ष । तिथि- द्वादशी ०६:३० बजेसम्म, त्यस उप्रान्त त्रयोदशी । नक्षत्र- मघा ०७:४० बजेसम्म, त्यस उप्रान्त पूर्वफाल्गुनी । योग- शूल ०३:४७ बजेसम्म, त्यस उप्रान्त गण्ड । करण- वव १७:३३बजेसम्म, त्यस उप्रान्त वालव ०६:३०बजेसम्म । चन्द्रराशि सिंह । आनन्दादि योग मुद्गर । दिनमान ३१।०२ १२:२५ । सूर्योदय ५:५६ । सूर्यास्त १८:२१ । वैष्णवहरुको कामदा एकादशीव्रत ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। व्यापारमा राम्रै उपलब्धि हासिल हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। अरूको फाइदाका लागि उपयोग भइएला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य भेटिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ। तत्काल फाइदा नभए पनि काम शुभारम्भ हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि सामान्य उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। मिहिनेतले आंशिक सफलता भने दिलाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सोख तथा मनोरञ्जनमा भने खर्च गरिनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
धेरै लगानी गर्दा कममात्र फाइदा हुने समय छ। अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँटले काम बन्नेछ र श्रमको उचित मूल्य प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुटाउने समय छ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। तारिफयोग्य कामले मानसम्मान दिलाउनेछ। र, कामको यश लिने अवसर प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ। तापनि लेनदेन र हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त हुनेछ। मिहिनेत गर्दा पछि फाइदा हुने काम सम्पादन हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। रमाइलो भेटघाट भए पनि आफन्तसँग सुमधुर सम्बन्धका लागि सजग रहनुपर्ला। स्वास्थ्यमा पनि मौसमी समस्याले सताउन सक्छ। मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। आतिथ्य, प्रतिष्ठा एवं लोकाचारले भने फजुल खर्च बढाउन सक्छ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम सम्पादन हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
राेग वा शत्रुबाधा देखापर्ने हुँदा काम राेकिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। अरूको करकापमा काम गर्नुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। प्रतिस्पर्धामा उत्रनुपरे पनि सामान्य उपलब्धि हातपार्न सकिनेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४