काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
यसअघि बिहीबार कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।
नेपाली कांग्रेसले ८ मन्त्रालय पाएकोमा शुक्रबार ४ मन्त्रीलाई मात्रै शपथग्रहणमा पठाएको थियो । अब ४ मन्त्री छान्न बाँकी छ । आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको डा.शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन ।
यस्तै, नेपाली कांग्रेसले तनहुँ–१ र चितवन–२ मा उम्मेद्वार टुंगो लगाएपनि बारा–२ मा टुंगो लगाउन बाँकी छ ।