Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“प्राकृतिक कृषि खेती तालिम सम्पन्न”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १८ २०७९
  • 4.3K
    SHARES

©सुवास महत ललितपुर:

काठमाडौं । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधीक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धारा सन्चालित प्रकृतिक कृषी प्रणाली परियोजना अन्तरगत श्री चण्डोल महिला बचत तथा ऋण सहकारी संस्था लि गोदावरी ४ बडिखेल,श्री सरस्वतीकुण्ड कृषि सहकारी संस्था लि गोदावरी ६ शिर्खपा, श्री सारङ्गीडाँडा महिला कृषी सहकारी संस्था लि गोदावरी ०७ देविचौर र ढुङ्गे सुन्दरपानी साना किसान सहकारी संस्था लि, कोन्ज्योसोम गाउपालिका ४ नल्लुको कुल ३० कृषि समुहका ३० जना अगुवा कृषक लाई मिती २०७९ चैत १५, १६ र १७ गते, ३ दिने प्रकृृतिक कृषि प्रणलीको (प्रशिक्षकको लागी प्रशिक्षण) तालिम सफतापुर्वक सम्पन्न भएको छ ।

उक्त ३ दिने तालिम मा प्रशिक्षार्थिहरुद्धारा तरकारी खेती गर्दा कम खनजोत विधीद्वारा नै तरकारी खेती गर्ने प्रकृया, छाप्रो प्रयोगका फाइदा, माटोलाई आवश्यक पर्ने रैथाने सुक्ष्म जीवको तयारी, जैविक विषादी निर्माण र स्थानिय स्तरमै उपलब्ध स्रोतको प्रयोगबाट क्यालसिय, फस्फोरस , नाइट्रोजन बनाउने विधी बारे विस्तृत रुपमा प्रयोगात्मक विधी बाट तालिम सम्पन्न गरिएको छ।

तालिम पश्चात सहभागी कृषकहरुलाई प्रकृतिक तरकारी खेतको लागी आवश्यक सामाग्रीमा हजारी, स्प्रेयर, बुट, पन्जा, करौती, बाल्टिन र क्रेट सहयोग उपलब्ध गरिएको थियो । हाल लेले समुदायिक विकास केन्द्रले गुड नेर्वस इन्टरनेशनल नेपालको सहयोगमा गोदावरी ४,५,६,७ र कोन्ज्योसोम गाउंपालिका ४ मा ४ सहकारी अन्तरगत ३० समुहमा प्राकृतिक कृषि खेती तालिम मार्फत तरकारी खेतीको बिकासमा सहयोग गर्दै आएको छ।

स्थानीय स्तरमा नै उपलब्ध स्रोत साधनको प्रगोगद्वारा कम खनजोत प्रकृयावाट तरकारी खेति गरिने हुदा यसबाट समय र श्रमको बचत हुनुको अलवा विषादी प्रयोग नगरिकन तरकारि उब्जाउनु भनेको धेरै रोगहरुको शिकारबाट पनि टाढा रहनु हो भन्ने कुरा पनि प्रश्ट बुझ्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४