Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“काठमाडौं १ मा चुनाव हारेका रमेश खरेल बारा २ मा रास्वपाबाट उपचुनाव लड्ने”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १७ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । गत मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा काठमाडौं १ बाट पराजित भएका रमेश खरेल बारा २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवार हुने भएका छन् ।

रास्वपाको आन्तरिक प्रतिस्पर्धामा अन्य उम्मेदवारले रमेश खरेललाई समर्थन गरेपछि उनी पार्टीबाट निर्विरोध उम्मदवार बनेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।

बारा २ मा रमेश खरेलसँगै युवराज न्यौपाने रास्वपाबाट उम्मदवार बन्न दाबेदार थिए ।

बारा २ मा उठ्न लागेका रमेश खरेल मंसिरको चुनावमा काठमाडौं १ मा पाँचौ भएका थिए । उनी मंसिरमा नेपाल सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए ।

सप्तरी २ मा चुनाव हारेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र सर्लाही २ मा चुनाव हारेका लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले पनि बारा २ बाट उपनिर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४