Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमालेले कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १७ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ ।

विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि शुक्रबार धारणा राख्दै नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले विपक्षमा भोट हाल्ने सम्बन्ध र तहमा नरहेकाले मुख्यमन्त्रीलाई विश्वासको दिने बताएका छन्  ।

सत्तापक्षको सिटमा बसेर विपक्षमा भोट हाल्न नमिल्ने भन्दै नेता कँडेलले भने, ‘सत्ता पक्षको कुर्सीमा बसेर विपक्षमा भोट हाल्न मिल्दैन । सरकारमा रहने या नरहने सरकारको नेतृत्व गरिरहेको पार्टीको भूमिकामा भर पर्छ ।

सरकार अप्ठेरामा परे विश्वासको मत दिने बताएका नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई लक्षित गर्दै कँडेलले भने, ‘भरिएर पोखिए पनि पोखिन्छ भनेर दिने भए दिए हुन्छ । तर हाम्रो समर्थन कायम नै छ । सरकार संकटमा छैन ।

प्रदेश सभामा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेकाले नेकपा एमाले नेकपा माओवादी केन्द्रसँग मिलेर २७ पुषको सहमति अनुसार पाँचै वर्षका लागि जान तयार रहेको समेत स्पष्ट पारेका छन्  ।

‘हाम्रो लक्ष विकास र समृद्धि हो । कुर्सी हैन। स्थिर सरकारका र विकासका लागि नेकपा एमाले पुर्वसहमति अनुसार सत्तासाझेदार गर्न तयार छ,’ कँडेलले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४