काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”ले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसका लागि राष्ट्रपति कार्यालयमा मञ्च व्यवस्थापनको काम सुरु भइसकेको छ ।
राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काका अनुसार शपथ ग्रहणका लागि मञ्च व्यवस्थापनको तयारी सुरु गरिएको हो ।
प्रधानमन्त्री प्रचण्डले सकेसम्म मन्त्रिपरिषद्लाई एकै चरणमा पूर्णता दिने प्रयास गरिरहेका छन् ।
मन्त्रिपरिषद् विस्तार र शपथग्रहणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमै भेट गरेर जानकारी दिइसकेका छन् ।
मन्त्रिपरिषद्मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका ८,नेकपा माओवादी कैन्द्रका ५,जनता समाजबादी पार्टी जसपाका २,नेकपा एकीकृत समाजवादीका २, जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आम जनता पार्टीका १/१ जना मन्त्री बनाउने गरी सहमति भइसकेको छ ।