Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा प्रवक्ता भन्छन् : तनहुँमा स्वर्णिम वाग्लेलाई उठाउन कुरा भइरहेको छ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १६ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता समेत रहेका नेता मुकुल ढकालले आफ्नो दलको तर्फबाट अर्थशास्त्री स्वर्णिम वाग्लेसँग कुरा भइरहेको पुष्टि गरेका छन् । ‘स्वर्णिम वाग्ले जीसँग हाम्रो कुरा भइरहेको छ  । उहाँले पार्टीमा आबद्ध भएर प्राइमरी इलेक्सनमार्फत् छनोट हुनुपर्ने हुन्छ”ढकालले भने, ‘हामीले तनहुँमा सरप्राइज दिन लागेका हौं । एक, दुई दिनमा केही पोजेटिभ निर्णय बाहिर आउला त्यसपछि सबै कुरा छर्लङ्गै हुनेछ ।

स्वर्णिम वाग्लेले ४ मंसिरको चुनावमा नेपाली कांग्रेसको चुनाव घोषणापत्र तयारी समितिमा रहेर काम गरेका थिए । उनी त्यतिबेला नेपाली कांग्रेसबाटै चितवन र काठमाडौंमध्ये एक ठाउँबाट चुनाव लड्ने चाहनामा थिए, तर सभापति शेरबहादुर देउवाले उनलाई प्राथमिकता दिएका थिएनन् ।

रास्वपाको प्रस्तावमा स्वर्णिमले के प्रतिक्रिया दिएका छन् भन्ने कुरा अझै पनि खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४