Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने नेपाली कांग्रेसको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १६ २०७९
  • 2.2K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिएका छन्  ।

बारा २ मा भने नेपाली कांग्रेसले उम्मेदवार तय गरेको छैन । सो क्षेत्रमा जसपालाई सघाउने नेपाली कांग्रेसको तयारी रहेको छ । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४