काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अनुमोदन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ । यसअघि गत मंगलबारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा सरकारमा सहभागी हुने एक सदस्यले हामीलाई जानकारी दिनु भएको छ ।