Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता साझेदार दलसँग छलफल गरेर चितवन उडे प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १६ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको विषयमा सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

छलफल सकिए लगत्तै चितवन गएका प्रचण्डले त्यहाँबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा उनी सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘उहाँ बैठक सकेर चितवनका लागि प्रस्थान गर्नुभयो । चितवनबाट फर्केपछि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुनसक्छ ।

बुधबार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाटमा मोटामोटी समहति भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारका लागि तयारी थालेका हुन् ।

गठबन्धनमा रहेको नेपाली कांग्रेससहितका अन्य दलले मन्त्रीको टुंगो लगाए आजै मन्त्रिपरिषद् विस्तार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४