Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता गठबन्धनमा रास्वपाले पाएन भाग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १५ २०७९
  • 1.5K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनः सहभागी हुन नपाउने भएको छ । बुधबार साँझ बालुवाटारमा बसेको दश दलीय गठबन्धनको बैठकले ९ दल सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सरकारमा सहभागी हुनेमा नेपाली कांग्रेस नेकपा माओवादी,नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन् । गठबन्धन भएको मन्त्रालयको भागबण्डा अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको रास्वपा भने सरकारमा सहभागी हुन नपाउने भएको छ । पुस १० मा बनेको सत्ता समीकरण अनुसार उपप्रधानसहित ३ मन्त्री र एक राज्यमन्त्री लिएर रास्वपा सरकारमा सहभागी भएको थियो ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि पदबाट राजीनामा दिए । उनको सांसद खारेज हुँदा उपप्रधान तथा गृहमन्त्रीबाट पनि रविले बाहिरिएका थिए ।

नागरिकता पुनः प्राप्तिपछि सरकारमा जान रविले प्रयास गरेपनि प्रधानमन्त्री प्रचण्ड तयार भएनन् । त्यसपछि रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट समर्थन फिर्ता नलिएर रास्वापाले पुनः सरकार सहभागी हुने आधार कायमै राखेको थियो । सोही अनुसार रास्वपाले चैत ६ गते प्रधानमन्त्रीलाई दोस्रो पटक विश्वासको पनि दिएको थियो । तर आज सत्ता गठबन्धनमा भएको मन्त्रालय भागबण्डामा रास्वपा छुटेको छ ।

नेपाली कांग्रेस ८,नेकपा माओवादीलाई प्रधानमन्त्रीसहित ५,नेकपा एकीकृत समाजबादी २ र जसपालाई २ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४