Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपसभामुख सदनमै हुँदा सांसदले सदन चलाउन मिल्छ कि मिल्दैन ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १५ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘उपसभामुख सदनमै हुँदा सांसदले सदनको अध्यक्षता गर्न मिल्छ कि मिल्दैन’ भन्ने प्रश्न उठेको छ ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यस्तो प्रश्न उठाएका हुन् । उपसभामुख यहीँ हुनुहुन्थ्यो सभामुख महोदय नेकपा एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठले त्यहाँ सभा चलाइराख्नुभएको छ । यो पनि राम्रै छ । त्यसका लागि धन्यवाद दिन चाहन्छु’ सांसद खतिवडाले व्याङ्ग्यात्मक रुपमा प्रश्न उठाएका हुन् ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ मा बैठकको सञ्चालन र स्थगन सम्बन्धी व्यवस्था रहेको छ । जहाँ सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने उल्लेख गरिएको छ ।

बैठकको प्रारम्भ गरेपछि उपसभामुख वा सदनको अध्यक्षता गर्ने गरी मनोनयन भएका सदस्यलाई सदनको अध्यक्षता गर्न दिएर सभामुख बाहिर रहन सक्छन् ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० मा अध्यक्षता गर्ने सदस्यको मनोनयन सम्बन्धी व्यवस्था रहेको छ । जहाँ सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रत्येक अधिवेशनको प्रारम्भमा बढीमा सात जना सदस्यलाई मनोनित गर्न सक्ने उल्लेख गरिएको छ । “उपसभामुख तथा अध्यक्षता गर्न मनोनयन गरिएका सदस्यले अध्यक्षता गरिरहको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्ने’ प्रावधान पनि सोही नियममा रहेको छ ।

प्रतिनधि सभा नियमावलीको यही व्यवस्थातर्फ संकेत गर्दै नेपाली कांग्रेस सांसद रामहरी खतिवडाले उपसभामुख सदनमै हुँदा सांसदले सदन चलाउन मिल्छ कि मिल्दैन ? भनी प्रश्न उठाएका हुन् । खतिवडाले बोल्दै गर्दा सभामुख सदन बाहिर थिए ।

उपसभामुख सदनमै उपस्थित थिइन् । तर, सदनको अध्यक्षता नेकपा एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठले गरिरहेका थिए ।

आफ्नो उपस्थिति लगायतका प्रश्न उठाएपछि श्रेष्ठले सांसद खतिवडालाई जवाफ दिए, ‘ध्यानाकर्षणको लागि माननीय ज्युलाई धन्यवाद ।

 नेकपा एमाले सांसद श्रेष्ठ सभामुख तथा उपसभामुखको अनुपस्थितिमा सदनको अध्यक्षता गर्न मनोनित सांसद हुन् ।

प्रतिनिधि सभाको बैठकमा सभामुख तथा उपसभामुखको अनुपस्थित रहँदा बैठकको अध्यक्षता गर्नेगरी मनोनित भएका सदस्यहरुमा श्रेष्ठसँगै ईश्वरी देवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रतिक्षा तिवारी, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशीला सिर्पाली ठकुरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४