Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले टुंग्याए मन्त्रीको सूची यी हुन् कांग्रेसले पाउने आठ सम्भावित मन्त्रालय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १४ २०७९
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा पठाउने ८ जना मन्त्रीको नाम करिब टुंग्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसम्म मन्त्रिपरिषद विस्तार गर्न तयारी थालेपछि नेपाली कांग्रेसले पनि मन्त्रीको नाम करिब–करिब टुङ्गो लगाएको हो । 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले ८ नेकपा माओवादी केन्द्रबाट ५ जनता समाजबादी पार्टी  जसपाले २,नेकपा एकीकृत समाजवादीले २, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले १–१ मन्त्रालय पाउने गरी प्रस्ताव राखेका थिए । बाँकी एक मन्त्रालय स्वतन्त्र सांसदका लागि छुट्याउने प्रधानमन्त्रीको प्रस्ताव रहेको छ  ।

तर,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्तीमा ३ मन्त्रालयको अडान छाडेका छैनन् । आफ्नो पार्टीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका कुनै पनि पद नपाएका भन्दै तीन मन्त्रालयमा नेकपा एकीकृत समाजवादीको सशक्त दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवालाई नेपाली कांग्रेसले पाउन सक्ने आठ वटा मन्त्रालय पनि सुनाएका थिए ।

नेपाली कांग्रेसका एक पदाधिकारीका अनुसार अर्थ,परराष्ट्र, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, उद्योग वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेपाली कांग्रेसले पाउने सम्भावना बलियो छ । तर, सभापति शेर बहादुर देउवाले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमध्ये एउटामा दाबी राखेका छन् । 

नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय पाउने भएपछि शेर बहादुर देउवाको मुख्य ध्यान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छ । केन्द्रीय कार्यसम्पादन समिति बैठक रोकेर सभापति देउवा मन्त्रीको टुङ्गो लगाउन जुटेका हुन् । उनले सोमबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए । 

यस्तै, उनले सोमबारै मन्त्रीको सूचीमा समेटिएकाहरुसँग पनि एक्ला एक्लै छलफल गरेका थिए । मंगलबार बिहान उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा.प्रकाशशरण महतसँग लामो संवाद गरेको धुम्बाराही स्रोतले बताएको छ ।

आठ मन्त्रालयमध्ये ६ वटामा आफ्नो समूहभित्रबाट मन्त्री बनाउने देउवाको तयारी रहेको बुझिएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी हुनेछ । अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने देउवाको योजना रहेको छ ।

नेपाली कांग्रेसका एक पदाधिकारीका अनुसार अन्य मन्त्रीहरुमा एनपी साउद, रमेश रिजाल,सीता गुरुङ सभापति देउवाका पहिलो प्राथमिकतामा छन् । नेता प्रकाशमानसिंह र डा.शशांक कोइरालामध्येको सिफारिसमा एकजना मन्त्री बन्ने सम्भावना बलियो रहेको छ । 

नेता प्रकाशमान सिंहले राजन केसी र नेता डा.शशांक कोइरालाले दीपक खड्कालाई मन्त्री बनाउन चाहेको देखिन्छ । अर्थमन्त्री नपाउने भएपछि विनोद चौधरी र उदयशम्शेर राणाले परराष्ट्र मन्त्रीका लागि लबिङ थालेको देखिन्छ ।

यता बरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा समूहलाई २ मन्त्रालय दिने मनस्थिति पार्टी सभापति शेर बहादुर देउवाको देखिएको छ । डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा समुहको दाबी तीन मन्त्रालयमा रहेको बुझिएको छ । जसमा उपसभापति धनराज गुरुङ र नेता डिकबहादुर लिम्बूलाई मन्त्री बनाउने शेखरको तयारी छ । महामन्त्री गगनकुमार थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने जीवन परियार, बद्री पाण्डे र प्रदीप पौडेलमध्ये एक जनालाई मन्त्री बनाउन चाहन्छन् । 

पार्टी सभापति शेर बहादुर देउवाले अहिलेसम्म एउटा मुड बनाएको देखिएपनि अन्य नेताहरूको पनि दबाब भने चर्को छ । सहमहामन्त्री किशोरसिंह राठौर, नेताहरू मोहन बस्नेत, शंकर भण्डारी, उदयशम्शेर राणा, श्याम घिमिरे, वीरबहादुर बलायरले पनि आ–आफ्नोतर्फबाट दबाब बढाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४