Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपनिर्वाचन हुने ३ क्षेत्रमा राप्रपाले तोक्यो चुनावी कमाण्डर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १३ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी १० वैशाखमा उपनिर्वाचन हुने ३ वटा निर्वाचन क्षेत्रको चुनावी कमाण्डर तोकेको छ ।

सोमबार बसेको राप्रपा केन्द्रीय पदाधिकारी बैठकले बारा-२ मा उपाध्यक्ष वुद्धिमान तामाङ, चितवन-२ मा उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ- १ मा कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई चुनावी कमाण्डर तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक वैशाख २९ र ३० गते काठमाडौंमा बस्ने निर्णय पनि गरेको छ । गत ४ मंसिरको निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न आगामी बैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने पनि निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

राप्रपाले वैशाखदेखि सक्रिय सदस्यता वितरण अभियानलाई तिव्रता दिने निर्णय गरेको छ र २०८० सालसम्म सक्रिय सदस्यको संख्या दुई लाख पुर्‍याउने लक्ष्य लिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

सोमबारको बैठकले राप्रपाको राजनीतिक लक्ष्य प्राप्ति र जनजीविकासंग सम्बन्धित विषयमा आन्दोलन गर्ने निर्णय गरेको छ । आन्दोलनका विषय र स्वरुप निर्धारण गर्न महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा महामन्त्री शरदराज पाठक र सहमहामन्त्री झनक प्याकुरेल रहेको समिति गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

राप्रपाले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यलाई आफ्नो जिल्ला बाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने निर्णय पनि गरेको छ । जिल्ला खटिने नेताहरूको कार्यक्षेत्र तोक्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४