Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लामिछानेविरूद्ध मुद्दाको सुनुवाइ सर्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १३ २०७९
  • 1.5K
    SHARES

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सार्न उनका वकिलले माग गरेका छन् । सन्दीप लामिछानेको मुद्दामा सुनुवाइका लागि सोमबार पेशी तोकिएपछि सन्दीपका वकिलले उनको मुद्दा सार्न माग गरेका हुन् ।

सन्दीपलाई जेलमा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलाशमा सुनुवाईका लागि पेशी तोकिएको भन्दै सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले उनको मुद्दा सार्न माग गर्दै निदेदन दिएका हुन् । उनका अनुसार थुनामा पठाउने न्यायाधीशकै इजलाशमा उक्त मुद्दामा सुनुवाई गर्न प्राविधिक रुपमै नमिल्ने भन्दै उनले अदालतको ध्यानाकर्षण गराएका थिए ।

गत २१ भदौमा बालिका बलात्कारको ओरापमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो । १८ कात्तिक मा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आदेश दिएको थियो ।

तर, उच्च अदालतले भने जिल्ला अदालतको उक्त आदेश उल्ट्याँदै सन्दीपलाई शर्तसहित २० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

उक्त आदेशपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको थियो । त्यसयता सन्दीपले देशभित्रै र युएईमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतका त्रिकोणात्मक एकदिवसीय सिरिजहरुमा राम्रो प्रदर्शन गरेका थिए । सन्दीपको समेत महत्वपूर्ण योगदानमा नेपाली टोलीले १२ मध्ये ११ खेलमा जित हात पारेर विश्वकप छनोट चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४