Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्डले आज बेलुका सत्ता साझेदार दलसँग छलफल गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १२ २०७९
  • 1.7K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । ‘

आज बेलुका प्रधानमन्त्रीज्युले सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ । शीर्ष तहमा प्रधानमन्त्रीज्युले परामर्श गरेपछि  भोलि मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘सरकारमा जाने दलहरुको टुंगो लागिसकेको छ । कसले कुन मन्त्रालय लिने भन्नेमा फाइनल गर्नुपर्ने छ ।’

माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय, कांग्रेस आठ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टी एक राज्यसहित तीन मन्त्रालय, एकीकृत समाजवादी राज्यसहित ३ मन्त्रालय, जसपा २ मन्त्रालय लिनेगरी छलफल भइरहेको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) एक, जनमत पार्टी एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिनेगरी छलफल चलेको छ । एक सिटे दललाई सहभागी नगराउन सत्ता साझेदार दलका नेताहरुले प्रधानमन्त्रीलाई दबाब दिएका छन् । सरकारमा सहभागी हुने दल धेरै भएकाले एक सिटे दलसहित स्वतन्त्र सांसदलाई सहभागी नगराउन भनिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४