Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १२ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । आगामी बैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनको लागि दल दर्ता गर्ने समय आइतबार सकिँदैछ ।

निर्वाचन आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ताको समय निर्धारण गरेको थियो ।

आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्दछ ।

आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । यसैगरी, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

यसअघि रवि लामिछानेले जितेको चितवन –२, रामचन्द्र पौडेलले जितेको तनहुँ १ र रामसहायप्रसाद यादवले जितेको बारा–२ मा उपनिर्वाचन हुन लागेको हो ।

पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १, यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा क्षेत्र नम्बर २ र लामिछानेको सांसद पद गएपछि खाली भएको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४