Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रीमा शेखर समूहले खोज्यो हिस्सेदारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ९ २०७९
  • 1.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको शेखर समूहले सरकारमा आफूहरुको सम्मानजनक सहभागिता हुनुपर्ने बताएको छ ।

सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डा टुंगो लागेको छैन । तर नेपाली कांग्रेसमा मन्त्रीका आकांक्षीहरुको दौडधुप चलिरहेको छ । विहीबार आफ्नो समूहको बैठकमा डा. शेखर कोइरालाले पनि मन्त्रालय भागबण्डाबारे सभापतिले केही नभनेको सुनाएका थिए ।

आफ्नो सम्पर्क कार्यालय, बालुवाटारमा भएको छलफलमा नेताहरुले सरकारमा सम्मानजक सहभागिता हुनुपर्ने बताएका छन्  । ‘सरकारमा हाम्रो सम्मानजनक र न्यायोचित सहभागिता हुनुपर्छ भन्ने हाम्रो मत हो’ एक नेता भन्छन्, नेपाली‘कांग्रेसले ७ पायो भने हामीले ३ पाउनुपर्छ, ९ वटा पायो भने चार वटा चाहिन्छ ।

नेताहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए जान डा. शेखर कोइरालालाई सल्लाह दिएका छन् । उनले भने यसबारे केही नबोलेको एक सहभागीले बताएका छन्  । महामन्त्री गगनकुमार थापालाई पनि नेताहरुले अर्थ मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको भए जान सुझाव दिएका थिए । तर उनले भने आफू सरकारमा नजाने बताएका छन्  ।

नेताहरुका अनुसार डा. शेखर समूहबाट उपसभापति धनराज गुरुङको मन्त्री हुने निश्चित जस्तै छ । यो समूहबाट डा. शेखर र महामन्त्री थापाले दुवै सरकारमा नगएको अवस्थामा पार्टी वरीयतामा तेस्रो स्थानमा रहेका उनी मन्त्री हुने सम्भावना छ ।

यद्यपि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारमा पार्टीको नेतृत्व गरेको अवस्थामा उपसभापति मातहत जाँदा नैतिक प्रश्न भने उठ्न सक्छ । ‘उहाँ (धनराज) लाई मन्त्री हुने पहिलो कुरा हो । वरीयता वा कसको नेतृत्व भनेर हेर्नु होला जस्तो लाग्दैन’, एक केन्द्रीय सदस्य भन्छन् ।

यो समूहमा रहेका सहमहामन्त्री जीवन परियार, डिगबहादुर लिम्बु, तेजुलाल चौधरी पनि आकांक्षी छन् । डा.‘शेखर दाइले आफ्नो समूहमा सबैभन्दा बढी विश्वास गर्ने जीवन परियारको हो’ एक नेता भन्छन्, ‘यो पटक उनलाई मन्त्री बनाउन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४