Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ९ २०७९
  • 1.6K
    SHARES

काठमाडौँ । समय समयमा कसको इशारामा हो, बाहिरी व्यक्तिहरुबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ, राइट साइजिङ हुनुपर्छ र अन्य किसिमको भन्ने नचाहिंदो नचाहिंदो किसिमका कुराहरु पनि हुने गर्छ र त्यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ’, प्रधान सेनापति शर्माले भने ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको काम, जिम्मेवारी र संख्यालाई लिएर अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट नेपाली सेनाका विषयमा अनर्गल प्रचार भइरहेको बताए ।

नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेको जिम्मेवारीका बारेमा बेला मौकामा अनर्गल गाली र प्रचारहरु गर्ने गरेको उनको आरोप छ । ‘नेपाली सेनाले संविधानसम्मत रुपमा निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइन्छ । विभिन्न सञ्चारमाध्यमबाट र सामाजिक सञ्जालबाट प्रसारित हुने यस किसिमको भ्रामक प्रचारबाजीबाट तपाईंहरु टाढै रहनुपर्छ’ प्रधान सेनापति शर्माले भने ।

नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएमा आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न पनि उनले आग्रह गरे ।

समय समयमा कसको इशारामा हो, बाहिरी व्यक्तिहरुबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ, राइट साइजिङ हुनुपर्छ र अन्य किसिमको भन्ने नचाहिंदो नचाहिंदो किसिमका कुराहरु पनि हुने गर्छ र त्यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ’ प्रधान सेनापति शर्माले भने, ‘यो हेर्दा हास्यास्पद हो भन्न चाहन्छु ।’

आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्ने विषय भएको उनको भनाइ थियो । ‘कुनै आइएनजिओ, एनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ, स्वघोषित विज्ञ, सुरक्षा विज्ञ भन्नेहरुले गर्ने होइन’ उनले भने, ‘यो नेपाल सरकारको काम हो भनेर उहाँहरुलाई पनि म भन्न चाहन्छु ।’

नेपाली सेनाले देशको अर्थतन्त्रमा गरेको योगदान र कल्याणकारी कामबारे भने सुरक्षा विज्ञहरुले कतै पनि उल्लेख नगरेको शर्माको भनाइ छ ।

नेपाली सेनासँग सम्बन्धित विभिन्न सूचनाहरुसँगै कल्याणकारी कार्य र कोषको समेत वेबसाइटमा प्रकाशित हुने गरेको उनले बताए । शिक्षा, स्वास्थ्य, स्वरोजगार र केही मात्रामा भए पनि सहुलियतमा हिताधिकारीलाई सुविधा उपलब्ध गराउन कल्याणकारी कोष प्रयोग गरिएको उनको भनाइ थियो । कोषको रकम सदुपयोग गर्न आफू निकै संवेदनशील भएर लागेको शर्माले बताए ।

अहिले ७३ अर्ब रुपैयाँ नेपाली सेनाको कल्याणकारी कोषमा रहेको र त्यसको १३ करोड ३७ लाख रुपैयाँ ब्याजबाट खर्च गर्ने गरेको उनले जानकारी दिए । नेपाली सेनाले शान्ति सेनामा गएर नेपालभित्र वर्षको २२ करोड अमेरिकी डलर ल्याउने गरेको प्रधान सेनापति शर्माले बताए । यसरी वर्षको २२ देखि ३३ अर्ब रुपैयाँ विदेशी मुद्रा नेपाली सेनाले ल्याउँदा नेपालको अर्थतन्त्रलाई सहयोग गरेको दाबी गरे ।

१० लाख हिताधिकारीलाई सहयोग पुग्ने गरी विभिन्न कल्याणकारी कार्यक्रम गरेको शर्माको भनाइ थियो । कल्याणकारी कोषको ठूलो रकम शिक्षा क्षेत्रमा खर्च गरेको पनि उनले बताए ।

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर रकम खर्च गर्ने गरेको बताउँदै प्रधान सेनापति शर्माले सैनिक स्कुल नभएका ठाउँमा पनि पढ्ने व्यवस्था मिलाउने काम भइरहेको उल्लेख गरे । नेपाली सेनाका कर्मचारीको फरक क्षमता भएका छोराछोरीका लागि वरदान फरक क्षमता विद्यालय पनि बनाउन लागिएको बताए ।

नेपाली सेनाको आफ्नै मेडिकल कलेज र यस वर्षदेखि इन्जिनियरिङ कलेज पनि सञ्चालन गर्न लागिएको शर्माले जानकारी दिए । सबै प्रदेशमा एउटा अस्पताल खोल्ने नीतिअनुसार बुटवलमा पनि सैनिक अस्पताल निर्माणाधीन रहेको उनले बताए ।

फूलबारी ब्यारेकमा भएको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने ३ हजार ८९४ भूपू सैनिक सहभागी थिए ।

सेनाको नं ३ बाहिनी अड्डा खैरेनीटार तनहुँमा शुक्रबार गोरखा, लमजुङ र तनहुँमा स्थायी बसोबास गर्ने भूपू सैनिकको सम्मेलन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४