Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के पाइन्छ सिन्की-गुन्द्रुकमा ? के छ फाइदा ? सिन्की-गुन्द्रुक खान नहुने अवस्था


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ८ २०७९
  • 7.8K
    SHARES

काठमाडौँ । सिन्की र गुन्द्रुक पौष्टिक तत्व भिटामिनले भरिपूर्ण खान्की हो । हामी सबैलाई थाहा भएकै कुरा, सिन्की मुलाबाट बनाएको हुन्छ भने गुन्द्रुक हरियो सागपातबाट । यस्तो नेपाली भान्सा नहोला, जहाँ सिन्की-गुन्द्रुक नपाकेको होस् । यस्ता नेपाली नहोलान्, जसको जिब्रोले सिन्की-गुन्द्रुकको स्वाद नपाएको होस् ।

उहिले हाम्रा पूर्खाहरुले आफ्नो छाक टार्नका लागि हो वा स्वाद फेर्नका लागि, सिन्की-गुन्द्रुक बनाउने गज्जबको तरिका जानेका हुन्  । जबकि यो लामो समय भण्डारण गरेर खान मात्र उपयोगी थिएन, पौष्टिक तत्वले भरिपूर्ण पनि थियो । त्यसैले त सिन्की-गुन्द्रक आज पनि धेरैको लागि प्रिय खानेकुरा बनेको छन ।

चिल्लो-चाप्लो खाएर पेट ढुस्स भएको बेला होस् वा अपचको स्थितिमा, सिन्की-गुन्द्रुक खाएपछि भने पेट हल्का हुन्छ । खासमा त यसले भोक जगाउने काम पनि गर्छ । मगमग बास्ना आउने, अमिलो र भिन्नै मीठो स्वाद हुन्छ सिन्की-गुन्द्रुकको । यसमा घिउ वा तोरीको तेल हालेर बनाउँदा एकदम स्वादिलो हुन्छ ।

के-के पाइन्छ ?

सिन्की-गुन्द्रुकमा भिटामिन बी, सी र के पाइन्छ । यी भिटामिनले शरीरभित्र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसले शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा आइरन र जिंक पर्याप्त मात्रामा हुन्छ । यसमा तुलनात्मक रुपमा हरियो सागपात तथा ताजा मूलामा भन्दा बढी पोषण तत्व पाइन्छ ।

प्रोबायोटिक पनि

सिन्की र गुन्द्रुकमा प्रोबायोटिक हुन्छ, किनभने फर्माटेसन (एउटा वस्तु अर्कोमा रुपान्तरणका क्रममा हुने रासायनिक प्रक्रिया) बाट बनाएका हुन्छन् । यो प्रक्रियाबाट बनेका वा बनाएका जुनसुकै चीजमा प्रोबायोटिक हुन्छ ।

के छ फाइदा ?

सिन्की र गुन्द्रुकले खानमा रुचि बढाउने, रोग प्रतिरोधात्क क्षमता बढाउने, पाचनशक्ति बलियो बनाउने काम गर्छ । पाचनशक्ति बलियो हुने भएकाले पेटसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ।

त्यस्तै चिसोबाट लाग्ने रुघाखोकी, ज्वरो र झाडापाखालाबाट पनि जोगाउँछ । यसले शरीरमा जम्मा भएका विषादी चीज (टक्सिक फ्याक्टर) निकाल्न पनि मद्दत गर्छ । स्तनपान गराइरहेकी आमा (सुत्केरी महिला)ले गुन्द्रुक खाएमा दूध बढ्छ, जसले बच्चालाई दूध पर्याप्त मात्रामा पुग्छ र बच्चा स्वस्थ रहन्छ ।

पेट सफा गर्छ

सिन्की र गुन्द्रुकमा पाइने अमिलोपनले पेट सफा गर्न मद्दत गर्छ । यसले गर्दा पेटसम्बन्धी हुने समस्याबाट टाढा राख्छ । साथै यसमा पाइने भिटामिनले पाचन प्रक्रिया बढाउने भएकाले पेटमा जमेका चिल्लो पदार्थहरु निकाल्न पनि सहयोग गर्छ ।

अचार बनाउने कि झोल ?

सिन्कीलाई विशेषगरी तरकारी वा अचार बनाएर खाने चलन छ भने गुन्द्रुकलाई अचार बनाएर । यी दुवैमा जुनसुकै तरकारी मिसाएर खान मिल्छ । यसलाई झोल, ग्रेभी बनाएर खान सकिन्छ । मान्छेको जीवनशैली, परम्परा र संस्कृतिअनुसार पनि फरक-फरक तरिकाले खाने प्रचलन छ ।

सिन्की-गुन्द्रुक खान नहुने अवस्था

युरिक एसिड बढेका र बाथरोग भएका बिरामीले गुन्द्रुक र सिन्की खानु हुँदैन । यस्ता बिरामीले सिन्की-गुन्द्रुक खाँदा हाडजोर्नीको दुखाइ झन् बढ्छ । त्यसकारण यी रोगका बिरामीले सिन्की-गुन्दु्रक मात्रै होइन यसैगरी बनाइएका अन्य अचार पनि खानु हुँदैन । जटिल रोग भएका व्यक्तिले सिन्की-गुन्द्रुक खाँदा जोखिम हुन सक्छ । तर मधुमेह भएका बिरामीले भने सन्तुलन मिलाएर खान मिल्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४