Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार विस्तारमा जुट्दै सत्ता गठबन्धन, कुन दललाई कति मन्त्रालय ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ७ २०७९
  • 1.8K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेपछि आजदेखि सरकारलाई पूर्णता दिन गठबन्धन दलहरुबीच छलफलको प्रक्रियामा जुट्ने भएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले आजबाट दलहरू सरकारलाई पूर्णता दिने विषयमा छलफलमा जुट्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए ।

उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताएका थिए । ‘जो-जो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २/४ दिनभित्रमै सबै टुङ्ग्याउने र अनि काम गर्ने विचार छ,’ उनले भनेका थिए ।

उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढङ्गले सरकारले काम गर्ने बताएका थिए । नेपाली कांग्रेसले सरकारमा जाने बताइसकेको छ ।

मन्त्रालय बाँडफाँटमा हुनसक्छ सकस

प्रधानमन्त्रीले विश्वासको मत पाइसकेपछि सरकार विस्तारको विषयले प्रवेश पाइरहेका बेला मन्त्रालय बाँडफाँटमा सकस हुने देखिएको छ । नयाँ गठबन्धन बनेपछि सरकार सञ्चालन गर्न र शक्ति बाँडफाँट मिलाउन झन् सकस पर्ने देखिएको हो ।

अहिले १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् । सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले कम्तीमा आठ मन्त्रालयमा दाबी गरेको छ । जसपा, एकीकृत समाजवादी, लोसपा र नागरिक उन्मुक्तिले पनि ‘शक्ति र स्रोत’ भएका मन्त्रालयमा दाबी गरेका छन् । नयाँ गठबन्धनमा मन्त्रालयबारे औपचारिक छलफल नभए पनि कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र लोसपाले अर्थ, गृह, परराष्ट्र, शिक्षा, भौतिक योजना, ऊर्जा, सहरी विकासलगायत मन्त्रालयमा दाबी पेस गरिसकेका छन् । गठबन्धनमा रहेका दलमध्ये हाल माओवादी र जनमत मात्रै सरकारमा छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसले ७/८, माओवादीले ४/५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३/४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २-२, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १-१ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह (आम जनता पार्टी) र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक अघि सारेका छन् । कुन मन्त्रालय लिने भन्ने विषय पनि पेचिलो हुने देखिएको छ ।

नेताहरूका अनुसार गठबन्धनमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी छ । त्यसबाहेक सरकारमा सामेल हुने दलहरूबीच मन्त्रालय बाँडफाँटको विषय टुङ्गिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४