Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ठूला दश वाणिज्य बैंकको लेखा परीक्षण विदेशी फर्मबाट गराउन मुद्राकोषको माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ७ २०७९
  • 3.3K
    SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालका १० वटा ठूला वाणिज्य बैंकको लेखा परीक्षण विदेशी फर्मबाट गराउन नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।

शोधनान्तर घाटा हटाएर बाह्य स्थायित्व कायम गर्न भन्दै आईएमएफबाट ‘विस्तारित ऋण सुविधा’ लिएको नेपाललाई मुद्रा कोषले उक्त रकमको निरन्तरताका लागि शर्त अघि सारेको हो ।

कार्यक्रम लागू गर्न विभिन्न शर्तहरु राख्दै आएको मुद्रा कोषले पछिल्लो पटक १० वटा ठूला वाणिज्य बैंकको लेखा परीक्षणको शर्त ल्याएको हो ।

उक्त शर्त पालना नगर्दा ऋण कार्यक्रमको किस्ता रकम रोकिने खतरा बढेको छ ।

मुद्रा कोषको आर्टिकल–फोर मिसनले नेपालमै आएर अध्ययन गरेपछि विदेशी फर्मबाट नेपाली बैंकहरुको लेखा परीक्षणको शर्त राखेको हो । अहिलेसम्म नेपाली बैंकहरुको लेखा परीक्षण आन्तरिक, बाह्य परीक्षक र राष्ट्र बैंकको स्थलगत अनुगमन गरी तीन तरिकाले हुदै आएको छ । तर, नेपालको लेखा परीक्षणप्रति मुद्रा कोषले अविश्वास गरेको बुझिएको छ ।

सरकारी स्वामित्वका तीन वटा बैंक नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले विदेशी फर्मबाट लेखा परीक्षण गराएपछि ती बैंकहरुमा ब्यापक सुधार आएको उदाहरण पनि मुद्रा कोषले दिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४