Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कलाकार संघका अध्यक्ष निरौलालाई प्रश्न : पुरानो र नयाँपुस्तालाई जोड्न के गर्नुहुन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ५ २०७९
  • 1.2K
    SHARES

काठमाडौं । चलचित्र कलाकार संघको शनिबार सम्पन्न महाधिवेशनबाट पाका अभिनेता मोहन निरौला अध्यक्षमा निर्वाचित भए । महासचिवमा सविन श्रेष्ठसहित नयाँपुस्ताका अनुहार कार्यसमितिमा चुनिए । तर पछिल्लो समय चलचित्र उद्योगलाई व्यावसायिक रुपमा अग्रता र सक्रियता दर्शाइरहेका कलाकारको पछिल्लो पुस्ताको उपस्थिति भने चुनावमा देखिएन ।

राजेश हमाल मिटिङको कारण देखाउँदै चुनावमा उपस्थित भएनन् । अनमोल केसी उपत्यकाबाहिर भएको, प्रदीप खड्का फिल्मकै काममा व्यस्त भएको, पल शाह घरमै आराम गरिरहेको, साम्राज्ञी शाह थाइल्याण्डमा भएको जस्ता कारण देखाएर चुनावमा गएनन् । यति मात्र होइन, नयाँपुस्ताका अधिकांश कलाकार त्यहाँ उपस्थित भएनन् ।

उपस्थितमध्ये पुरानो पुस्ताका कलाकर्मी मात्र बढी देखिन्थे । कलाकार संघको चुनाव प्राविधिक रुपमा सफल भएपनि के यसले नयाँ र पुरानो पुस्तालाई जोड्न सकेको छ त ? हामीले यो प्रश्न संघका नवनिर्वाचित अध्यक्ष मोहन निरौला र महासचिव सविन श्रेष्ठलाई सोधेका थियौं । यी दुवै अभिनेताले नयाँपुस्तालाई समेटेर अघि बढ्ने आफूहरुको कार्यभार रहेको बताए ।

अध्यक्ष निरौलाले नयाँ पुस्तालाई समेट्न समावेशी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने बताए । ‘कलाकार वर्गकै उत्थानका लागि यो संस्था गठन भएको हो । उहाँहरु आउनुहुन्छ भन्ने हामीलाई लाग्छ । समावेशीमूलक कार्यक्रम गरेर उहाँहरुलाई समेट्छौं,’ निरौलाले भने, ‘कलाकारको विकास र विस्तारमा हामी दत्तचित्त भएर अघि बढ्छौं ।’

महासचिव श्रेष्ठले पनि नयाँपुस्ताको असन्तुष्टिलाई सम्बोधन गर्नेदेखि उनीहरुलाई समावेश गर्न आफूहरु सक्रियतापूर्वक लाग्ने बताए । ‘अब हामीले विज्ञप्ति मात्र निकाल्ने होइन कि कलाकारबीच माया र स्नेह राख्ने, नयाँ र पुरानो पुस्तालाई पनि एकछत्र राख्ने काम हुन्छ,’ श्रेष्ठले भने ।

अध्यक्ष निरौलाले कलाकारको वर्गीय हितका कामलाई प्राथमिकतामा राखेर काम हुने बताए । राष्ट्रिय र जातीय भाषाका फिल्मका कलाकारलाई पनि समेटेर अघि बढ्ने योजना रहेको भन्दै निरौलाले सामाजिक सुरक्षा, पारिश्रमिक र बीमाजस्ता काम पनि प्राथमिकतामा रहेको बताए । महासचिव श्रेष्ठले नयाँ–पुराना कलाकारलाई पनि समेट्ने, विशुद्ध सदस्यता दिलाउने र आचारसंहिता लागू गर्ने योजना रहेको बताए ।

सोमबार बस्ने नयाँ कार्यसमितिको पहिलो बैठकबाट केही महत्वपूर्ण एजेण्डा पास गरेर अघि बढ्ने तयारीमा आफू रहेको अध्यक्ष निरौलाको भनाइ छ । यसका लागि उनले पूर्व अध्यक्षहरु नवल खड्का, रविन्द्र खड्का लगायतसँग परामर्श गर्ने तयारीमा उनी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४