Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारमा जाने निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ५ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बैठक  बस्ने लागेको हो ।आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसदीय दलको बैठकअघि आज नै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ । सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०ः३० बजे  बैठक बस्ने छ ।

नेपाली कांग्रेस कार्यसम्पादन र संसदीय दलको बैठकबाट  सरकारमा जाने निर्णय गर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन्  । यसअघि संसदमा नेपाली कांग्रेस र नेकपा एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । नेपाली कांग्रेसले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड “लाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने महामन्त्री थापाको भनाइ रहेको छ ।

गत पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”लाई विश्वासको मत दिए पनि नेपाली कांग्रेस प्रतिपक्षमै बसेको थियो। राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएर नेकपा एमाले प्रतिपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाएर नेकपा एमालेले समर्थन पनि फिर्ता लिसकेको छ । आजको संसद बैठकमा नेपाली कांंग्रेस सत्ता पक्षको बेन्चमा बस्दा नेकपा एमाले विपक्षी बेन्चमा बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४