Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्गा बराललाई पोखरामा नागरिक अभिनन्दन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ४ २०७९
  • 5.4K
    SHARES

 काठमाडौं। वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा शनिबार पोखरामा उहाँलाई रथारोहण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवार ‘पोयुसांप’को अगुवाइमा पोखरामा क्रियाशील दर्जनभन्दा बढी साहित्यिक तथा वाङ्मयिक संस्थाले उहाँलाई रथारोहण र नागरिक अभिनन्दनको कार्यक्रम राखेको हो ।

नदीपुरस्थित बराल निवासबाट बिहान साढे १० बजे सुरु भएको रथारोहणमा सयौं कलाप्रेमी र सर्वसाधारण सहभागी रहेका थिए । नदीपुर, बगर, पीएन क्याम्पस गेट, ट्याक्सीचोक हुँदै विन्ध्यबासिनी मन्दिरसम्म उहाँको रथारोहण भएको थियो । विन्ध्यबासिनी मन्दिरमा वात्स्यायनको नागरिक अभिनन्दन गरिएको छ ।

१९९९ सालको चैत ५ गते कास्कीको आर्बा (हाल पोखरा १३) मा जन्मिनुभएकाे हाे । पोखरालाई ‘पानी रङको विद्यालय’का रुपमा चिनाउने मुख्य श्रेय कलाकार वात्स्यायनलाई जान्छ । करिब ३० को दशकमा पोखरामा ‘इगल आई’नामक आर्ट स्टुडियो खोलेर उहाँले पोखरामा पानीरङ चित्र्याएका थिए ।

वात्स्यायनले त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएकाे छ । दुर्गा बरालबाट कला क्षेत्रमा आफूलाई सम्मानित एउटा नाम ‘वात्स्यायन’ बनाउनु भएका उहाँले जापानबाट ग्राफिक आर्ट र कान्तिपुर मिडियाको कार्टुन सम्पादकका रुपमा काम गरिसक्नुभएको छ । व्यक्तिगत तथा सामूहिक गरी दर्जन बढी चित्रकला, कार्टुन प्रदर्शन गरिसक्नुभएकाे छ।

नेपालको सबैभन्दा प्रख्यात प्रवल गोरखा दक्षिण बाहू चौंथो, जगदम्बा श्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जन बढी पुरस्कार प्राप्त गर्नुभएकाे छ ।

आफ्नो प्रतिभामार्फत नेपाल समसामयिक राजनीतिलाई चोटिलो प्रहार गर्दै आउनु भएका बरालका कला वीरेन्द्र आर्ट ग्यालरी, काठमाडौं र पोखराका राजदरबार तथा केही अन्तर्राष्ट्रियस्तरका निजी तथा सार्वजनिक रुपमा पनि राखिएको छ । उहाँको ‘वात्स्यायन एन्ड हिज बार्बस’ नामक कार्टुन संग्रह प्रकाशित छ ।

बरालले ‘वात्स्यायन’ नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितालाई स्थापित गर्नुभएकाे छ । कलाकारितामात्र नभई पोखरामा शारीरिक सुगठन कला भित्र्याउने र प्रशिक्षण गर्ने श्रेय पनि उहाँलाई नै जान्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४