Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्ववियु निर्वाचन: ‘मन्थली क्याम्पसमा हाम्रो जित निश्चित छ’- संयुक्त गठबन्धन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ४ २०७९
  • 1.9K
    SHARES

रामेछाप-‌ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको निर्वाचनमा आफ्नो‌ जित निश्चित रहेको संयुक्त गठबन्धन तर्फका उम्मेद्वार अविनाश कार्कीले बताए । आइतबार हुने स्ववियु निर्वाचनमा आफू र आफ्नो टिमको जित निश्चित रहेको उनले दावी गरेका हुन् । आफ्नो टिमले ७५ प्रतिशत भन्दा बढी मतले चुनाव जित्ने उनको दावी छ ।

आफ्नो नेतृत्वमा रहेको टिमका उम्मेद्वारहरु क्याम्पसका नियमित विद्यार्थी रहेको, विद्यार्थीहरुको समस्यामा लड्दै आएको, शैक्षिक‌ आन्दोलनमा भाग लिइरहेको लगायतका कारणले पनि आफ्नो टिमको जित निश्चित रहेको उनले दावी गरे । जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको मन्थली क्याम्पसलाई देशकै नमूना क्याम्पस बनाउने योजना सहित निर्वाचनमा होमिएको बताउँदै आफ्नो टिमले जितेपछि आफूहरुले ल्याएको प्रतिवद्धता पुरा गर्ने सभापतिका उम्मेद्वार कार्कीले बताएका छन् ।

कार्की स्नातक तह मानविकी संकाय दोस्रो वर्षमा अध्ययनरत बिद्यार्थी हुन् । उनि नेविसंघ, अखिल क्रान्तिकारी र एस निकट अनेरास्ववियूको संयुक्त प्यानलको नेविसंघबाट सभापतिको उम्मेद्वार बनेका हुन् । उनिसँग एमाले निकट अनेरास्ववियूका पुस्कर भट्टराई प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४