Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्डको ‘मिति’ को प्रतीक्षामा भारत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ४ २०७९
  • 1.4K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो औपचारिक भ्रमणको रूपमा भारत जाने तय पनि हालसम्म भ्रमणको मिति भने तय हुन सकेको छैन । भारतले प्रधानमन्त्री प्रचण्डलाई स्वागतको तयारी थालिसकेको छ । प्रधानमन्त्री प्रचण्डले पनि भारतको भ्रमण चाँडै गर्ने भनेर खबर पठाए पनि मिति भने भनेका छैनन् । अहिले भारत सोही मितिको पर्खाइमा रहेको छ ।

नेपालस्थित भारतीय दूतावासका एक अधिकारले भने, ‘प्रधानमन्त्री प्रचण्डले भारतको भ्रमण गर्ने खबर पठाएसँगै हामीले तयारी थालिसकेका छौँ अब मिति कहिले तोक्नुहुन्छ, त्यसैको प्रतीक्षामा छौँ ।’ बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत लिनुका साथै प्रदेशमा सरकारको समीकरण मिलाएर मात्र भारतको भ्रमणमा जाने खबर पठाएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएको छ । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत लिनेछन् । विश्वासको मत लिइसकेपछि केन्द्रमा सरकार विस्तार गर्नुका साथै प्रदेशहरूमा सत्ता समीकरण मिलाउने प्रचण्डको योजना रहेको छ ।

त्यसअघि भ्रमणका लागि सबै तयारी पुरा गर्ने काम अगाडि बढेको छ । भ्रमणबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले यसबारे होमवर्क गरिरहेको छ । ‘यसपटकको भारत भ्रमणमा कुनै नयाँ एजेण्डा तथा विषयमा छलफल हुने छैन,’ दूतावासको ती अधिकारीले भने, ‘केही जल विद्युत् आयोजनाहरूको सम्झौतामा भने हस्ताक्षर हुनसक्छ । त्यसको बारेमा अध्ययन भइरहेको छ ।’ कृषि, शिक्षा, स्वास्थ्यलगायतको विषयमा छलफल हुने बताउँदै ती अधिकारीले नयाँ र खास महत्त्वको कुनै सम्झौता नहुने बताएका छन्  ।

अप्रिलको दोस्रो अथवा तेस्रो हप्तामा भ्रमण हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका एक सदस्यका अनुसार भारत भ्रमण जाने लगभग निश्चित भएको छ, तर यहाँ केही राजनीतिक ‘सेटल’ गरेर मात्र जान्छन् । भ्रमणको आन्तरिक तयारीहरू भइरहेको छ । विश्वासको मत लिइसकेपछि भ्रमणमा जाने एउटा वातावरण बन्छ त्यसपछि मिति तय हुने ती सदस्यले बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४