Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुखको अभिव्यक्ति आधारहीन र आपत्तिजनक : पत्रकार महासंघ ‘आफ्नो अभिव्यक्ति फिर्ता लेऊ, नभए पुष्टि गर’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ४ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ ।

संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख घिमिरेसँग भेट गरेको थियो । त्यसक्रममा घिमिरेले दिएको अभिव्यक्तिले सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले बताएको छ ।

सार्वभौम संसदको मूल नेतृत्वको पदीय हैसियत र मर्यादाविपरीत भएको भन्दै महासंघका महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।’

शुक्रबार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको र पित पत्रकारिता भइरहेको अभिव्यक्ति दिएका थिए ।

नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला जिम्मेवार व्यक्तिले समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति दिँदा यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्ने महासंघको भनाइ छ ।

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो । तर, सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक सभामुखको आधिकारिक धारणा आउन नसकेको महासंघले जनाएको छ ।

‘महासंघ जन निर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिवद्ध भएको व्यवहारमा देख्न चाहन्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्धता जनाउन सभामुख समक्ष आग्रह गर्दछ’ महासचिव पुरीले विज्ञप्तिमा भनेका छन् ।

सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा कानूनीलगायतका अन्य दबावमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

सभामुखले के भनेका थिए, हेर्नुहोस् सभामुखको भनाइको अंश :

पत्रकारहरु जति जिम्मेदारीसाथ पत्रकारिता गर्नुपर्थ्यो, यसलाई अन्यथा नलिनुहोला … त्यो खालको छैन, पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे जे कारणले भने पनि तिनीहरु प्रभावित छन् । अझ अर्को भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु ।

अब पत्रकारहरु बिक्रीमा छन्, संघ बिक्रीमा छ भन्यो सभामुखले भनेर मैले यसलाई रोकिरहनुपर्दैन र त्यो भन्नु पनि हुँदैन तपाईंहरुले । किनकी यो त हाम्रो भित्री कुरा हो नि । ‍‍‍… बिग हाउसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ, किनेर गरेको छ, फकाएर गरेको छ । अनेक ढंगले प्रभावित गरेको छ । त्यसको प्रभाव हाम्रो समाजमा निकै परेको छ ।

यसबाट मुक्त भएर पत्रकारिता र सरकारका बीचमा कसरी सम्बन्ध बनाएर लाने होला ? चाहे ऐन ल्याउने सन्दर्भमा होस् वा कार्यान्वयन गर्दा विनियमहरु बनाउने वा नियमावली बनाउने वा नियमावली कार्यान्वयन गर्ने सन्दर्भमा यी जस्ता समस्या कसरी हल गर्ने ? यो समस्या हो । यो समस्या समाधान तपाई हाम्रो कर्तव्य हो जस्तो मलाई लाग्छ ।

यसलाई हामीले हल गरेर गयौं भने, मैले अलि बढी देखेर, अलि पूर्वाग्रही भएर तर्पाहरुलाई अभिव्यक्ति गरेको रहेछु भने म करेक्सन हुन जरुरी छ । होइन त्यस्तो छ भने पत्रकारहरुले पनि आफूलाई कसरी लाने त ? यो प्रभावबाट कसरी मुक्त हुने त या के हो त अन्तरविरोध भन्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४