Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामसहाय उपराष्ट्रपति निर्वाचितसँगै तीटवटा निर्वाचन क्षेत्र भए खाली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ३ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । रामसहाय प्रसाद यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएसँगै अब बारा क्षेत्र नम्बर २ खाली हुने भएको छ ।

यादव गत मंसिर ४ मा भएको निर्वाचनमा जनता समाजवादप् पार्टी (जसपा) का तर्फबाट प्रतिनिधि सभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । तर यादव शुक्रबार उपराष्ट्रपति निर्वाचनमा विजयी भएसँगै उक्त निर्वाचन क्षेत्र खाली हुने भएको हो । जसमा उपनिर्वाचन हुनेछ । कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी, जसपा लगायतका दलको गठबन्धनबाट उम्मेवार बन्नु भएका यादव उपराष्ट्रपतिमा विजयी हुँदा नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार बन्नु भएकी अष्टलक्ष्मी शाक्य र गठबन्धनमै रहेको दल जनमत पाटीकि ममता झा भने पराजित हुनुभयो । शाक्य र झा भने सांसद छैनन् ।

यस्तो छ संविधानमा

नेपालको संविधान २०७२ को भाग ६ को धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम उपराष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वत ः रिक्त हुनेछ भनेर उल्लेख गरिएको छ । यसर्थ यादव उपराष्ट्रपतिमा निर्वाचित भएकाले उहाँको सांसद पद अब रहने छैन । यसर्थ अब बारा क्षेत्र नम्बर २ मा निर्वाचन आयोगलाई उपनिर्वाचन गर्ने जिम्मेवारी आएको छ ।

त्यस्तै जो उपराष्ट्रपति पदमा उम्मेदवार बनेर पराजित भएको छ र उ सांसद छ भने उसको सांसद पद रिक्त हुनेछैन भन्ने बुझ्न सकिन्छ । किनकि पराजित भएमा उसको बहाल रहेको पद के हुन्छ भनेर संविधानमा स्पष्ट उल्लेख छैन । तर पनि शाक्य र झा दुबै जना सांसद होइनन् ।

तीन वटा निर्वाचन क्षेत्र भए खाली

यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै अब प्रतिनिधि सभामा बारा २ सहित प्रत्यक्ष तर्फ तीन सिट खाली भएका छन् । नागरिकता प्रकरणमा चितवन –२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद गएपछि उक्त क्षेत्र खाली छ । त्यहाँ निर्वाचन आयोगले आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । त्यसैगरी गत फागुन २५ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ खाली भएको छ । अब पूर्वनिर्धारित कार्यतालिक अनुसार चितवनमा पहिला उपनिर्वाचन गर्नेकि या अर्काे मिति तय गरेर तीनवटै क्षेत्रमा एकैपटक निर्वाचन गर्ने भन्ने कुरा आयोगले निर्णय गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४