Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपराष्ट्रपतिमा जसपाका यादव निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ३ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ ।

शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइजना उम्मेदवार रहेका थिए । उता प्रतिपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्थ्यो । यादवलाई नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र नेकपा एकीकृत,समाजवादी,जसपा लगायतका दलको समर्थन रहेको थियो ।

निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको थियो । साढे ३ बजेबाट मतगणना गरिएको थियो । उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहने व्यवस्था छ । संघीय संसद्का एकजना सांसदको मत बराबर ७९ मतभार गणना हुन्छ भने प्रदेश सांसदको एकजना बराबर ४८ मतभार गणना गरिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्वाचनमा भाग लिएनन् । प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् भने सातै प्रदेशमा गरेर २८ जना प्रदेश सभाका सांसद रहेका छन् । त्यसैगरी नेमकिपाका प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा ३ जना सांसद रहेका छन् । संघीय संसदका दुबै सदन गरेर ३ सय ३४ र सातै प्रदेशका गरी ५ सय ५० जना सांसद रहेका छन् । त्यसमध्ये संघीय संसदका सांसदको ३ सय ११ मत र प्रदेश सभा सांसदको ५ सय १८ मत खसेको थियो ।

मतदानका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान स्थल निर्धारण गरिएको थियो । वर्तमान उपराष्ट्रपति नन्द बहादुर पुनको दोस्रो पटकको कार्यकाल यही सकिन लागेकाले त्यस अघि नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन भएको हो ।

नेकपा एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४