Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डीडीसीले कुन दूधमा कति बढायो मूल्य ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी)ले सबै प्रकारका दूधको मूल्य बढाएको छ । संस्थानले बिक्री गर्ने चार प्रकारका दूधमा प्रतिलिटर न्युनतम् १० रुपैयाँदेखि अधिकतम् १६ रुपैयाँसम्म मूल्य बढेको छ । बढेको मूल्यअनुसारको दूध बिहीबारबाटै बजारमा पठाइएको दूग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताएका छन्  ।

संस्थानको बुधबार बसेको सञ्चालक समिति बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको थियो । जसअनुसार सबैभन्दा धेरै बिक्री हुने निलो प्याकेटको स्ट्याण्डर्ड दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढेर ९७ रुपैयाँ कायम भएको छ ।

संस्थानका अनुसार बजारमा पाइने आधा लिटरको एक पोका दूधको मूल्य काठमाडौं उपत्यकामा अब ४३ रुपैयाँबाट बढेर ४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार यो मूल्य काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा र वीरगन्ज क्षेत्रमा लागू हुनेछ ।

यस्तै लुम्बिनी प्रदेशमा प्रतिलिटर ९४ रुपैयाँ मात्रै तोकिएको छ भने नेपालगन्ज र धनगढीमा स्ट्याण्डर्ड दूधको मूल्य प्रतिलिटर ९२ रुपैयाँ तोकिएको छ ।

यस्तै, फूल क्रिम दूधको प्रतिलिटर मूल्य १३० रुपैयाँ पुगेको छ । यो दूधमा संस्थानले लिटरमा १६ रुपैयाँले मूल्य वृद्धि गरेको छ । अब बजारमा पाइने यस्तो दूधको आधा लिटर प्याकेटको मूल्य ५७ रुपैयाँबाट बढेर ६५ रुपैयाँ कायम भएको छ । विराटनगर भने यस्तो दूधको मूल्य ११४ रुपैयाँबाट बढेर १२० रुपैयाँ पुर्‍याइएको छ ।

गाईको दूधको मूल्य लिटरमा ११६ रुपैयाँ पुर्‍याइएको छ । यो दूधमा प्रतिलिटर १४ रुपैयाँले मूल्य बढेको छ । अब बजारमा पाइने आधा पोका गाईको दूधको डीडीसीको मूल्य ५१ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ ।

बजारमा चिया पकाउन प्रयोग हुने लो-फ्याट चिया दूधको मूल्य भने लिटरमा १० रुपैयाँले बढाएर ८० बाट ९० बनाइएको छ । अब ४० रुपैयाँमा पाइने आधा प्याकेट दूधको मूल्य ४५ रुपैयाँ पुर्‍याइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४