Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र प्रहार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २ २०७९
  • 3.1K
    SHARES

एजेन्सी । उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल जापान भ्रमणमा जाँदै गर्दा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेकाे हाे । राष्ट्रपति येओलको बिहीबारदेखि सुरु हुने जापान भ्रमण अघि उत्तर कोरियाले बिहीबार बिहान अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । जापानी र दक्षिण कोरियाली अधिकारीहरुले उक्त क्षेप्यास्त्र जापानदेखि पश्चिमको जल क्षेत्रमा खसेको बताएका छन् ।

दक्षिण कोरियाली सैन्य प्रमुखले बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका हुन् । जापानी रक्षा मन्त्रालयले ७० मिनेटसम्म उडेको उक्त क्षेप्यास्त्र आकाशमा ६ हजार किलोमिटर माथिसम्म पुगेको बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति येओल दुई दिने जापान भ्रणका लागि जाँदै गर्दा क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियाले आफ्नो असन्तुष्टि ब्यक्त गरेको विश्लेषण गरिएको छ । दक्षिण कोरिया र जापानबीच १२ वर्षपछि महत्वपूर्ण बैठक हुने भएकाे छ ।

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रको क्षमता अमेरिकासम्म निशाना लगाउन सक्ने रहेको जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४