Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रचण्डलाई सकस, भागबण्डा मिलाउन चुनौती


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ३० २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद पुनर्गठन गर्न सकस परेको छ । सरकारमा जाने दलहरुबीच मन्त्रालयको भागबण्डा मिलाउन प्रधानमन्त्री प्रचण्डलाई चुनौती बढेको हो । नेकपा एमाले सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डलाई साथ दिँदै आएका विभिन्न दलले सरकारमा सामेल हुने इच्छा देखाएको नेकपा माओवादी केन्द्रका एक मन्त्रीले बताएका छन् । सबैलाई समेटेर मन्त्रालयको भागबण्डा लगाउन कम चुनौती छैन ।

उपराष्ट्रपतिको चुनाव आगामी शुक्रबार सकिन्छ । त्यसपछि मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश पाउँछ,’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यू चैत ११ गतेभित्र विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गरिसक्ने योजनामा हुनुहुन्छ । विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ । प्रधानमन्त्री प्रचण्डले चैत ५ वा ८ गते विश्वासको मत लिने तयारी भइरहेको ती मन्त्रीको दाबी छ । तर दलहरुबीच मन्त्रालय भागबण्डाबारे अझै प्रस्ट भइसकेको छैन ।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेले आठ मन्त्रालय लिएको थियो । त्यसैले अब नेपाली कांग्रेसले पनि उत्तिकै संख्यामा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । नेपाली कांग्रेसले गृह सहित परराष्ट्र र अर्थमध्ये एक शक्तिशाली मन्त्रालयमा चर्को दाबी गरेको छ । उता नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय लिनुपर्ने भन्दै नेताहरुले दबाब बढाएका छन् । यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले लिएकाले अब सो मन्त्रालय नेपाली कांग्रेसलाई दिन नसकिने नेकपा माओवादी केन्द्रका नेताहरु बताउँछन् । यसमा नेपाली कांग्रेस लचिलो भए गृह मन्त्रालय नेकपा माओवादी केन्द्रले लिन सक्ने आकलन छ । यदि नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय पाएमा शक्तिबहादुर बस्नेतले सो मन्त्रालय सम्हाल्न सक्ने सम्भावना औंल्याइएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जाने तयारीमा छन् । सरकारको पक्षमा उभिएको राष्ट्रिय जनमोर्चा भने सत्ता बाहिरै बस्ने भएको छ । रास्वपा तत्काल सरकारमा नजाने मनस्थितिमा छ ।

चितवन–२ मा हुने उपचुनावमा रास्वपाका सभापति रवि लामिछाने फेरि उम्मेदवार बन्ने र उनी निर्वाचित भएर आएपछि सरकारमा जान सक्ने आकलन गरिएको छ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारको पक्षमा उभिएका रास्वपा बाहेक सबै पार्टी सरकारमा सामेल हुने बताउँछन् । ‘सरकारमा कुन कुन दल जाने ? कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल सुरु भएको छैन, पौडेलले भने, ‘उपराष्ट्रपतिको चुनाव सकिए लगत्तै मन्त्रालय भागबण्डाका विषयमा छलफल हुन्छ । अनि सबै टुङ्गो लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४