Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपालाई ठूला र जनमतलाई साना दलको आश


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ३० २०७९
  • 1.4K
    SHARES

काठमाडौं । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी कायम छ । त्यसमध्ये जनता समाजवादी पार्टीकी नेतृ एवं राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्दै सोही पार्टीका अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गरिसकेकी छन् ।

यस आधारमा तीन जना उम्मेदवारको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । त्यसमध्ये जसपाका रामसहाय यादव र जनमत पार्टीका ममता झाले एक अर्काको मत तान्ने प्रतिस्पर्धा गरेका छन् । यी दुई दलले आ–आफ्ना उम्मेदवारको प्रचार प्रसारलाई तीब्रता दिएका छन् । तर नेकपा एमालेको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य चुपचाप देखिन्छिन् । हालसम्म उनले चुनाव प्रचारको कुनै गतिविधि अघि बढाएकी छैनन् ।

जसपाले तीन ठूला प्रमुख दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको साथ पाएको छ भने जनमत पार्टीले साना दल लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीको साथ पाएको छ । जनमतले राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि छलफल गरिरहेको छ । जनमत पार्टी स्रोतका अनुसार जनमतलाई सहयोग गर्न राप्रपा सकारात्मक देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म सकारात्मक संकेत नदिए पनि आन्तरिक छलफल जारी रहेको बताइन्छ ।

जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले दलहरुसँग छलफल चलिरहेको बताएका छन् । गठबन्धनका दलहरुसँग पनि कुराकानी भइरहेको उनको भनाइ छ । उनले चैत २ गतेसम्म सबै कुरा स्पष्ट हुने बताएका छन्  ।

उपराष्ट्रपतिका लागि रामसहाय यादवको पक्षमा हालसम्म २८ हजार ६०६ मतभार देखिन्छ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई साथ दिएको नेपाली कांग्रेसको मतभार १६ हजार १४२, नेकपा माओवादी केन्द्रको सात हजार ७४५, जसपाको दुई हजार १४५ र नेकपा (एस)को दुई हजार ५७४ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले उपराष्ट्रपतिको विषयमा हालसम्म कुनै निर्णय गरेका छैनन् । तर ती दलको मत पनि सत्ता गठबन्धनकै उम्मेदवार रामसहाय यादवलाई जाने सम्भावना छ । स्वतन्त्र पार्टीको मतभार एक हजार ५०१ र जनमोर्चाको मतभार २०६ छ ।

यी दुवैको मत जोड्दा रामसहाय यादवको पक्षमा ३० हजार ३०३ मतभार देखिन्छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाको सम्पूर्ण मतभार ५२ हजार ६२८ छ । त्यसमध्ये २६ हजार ३१५ मतभार ल्याउने उम्मेदवार उपराष्ट्रपतिमा निर्वाचित हुन्छन् ।

रामसहाय यादवलाई समर्थन गरेको नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी र जसपाको मात्र २८ हजार ६०६ मतभार रहेका कारण उनी उपराष्ट्रपतिमा निर्वाचित हुनेमा ढुक्क देखिन्छन् ।

थप मत तान्नका लागि अन्य दलहरुसँग कुराकानी भइरहेको जसपाका नेता प्रदीप यादवले बताएका छन् । नेपाली कांग्रेस,नेकपा माओवादी, नेकपा एकीकृत समाजबादी पार्टीले रामसहायलाई मतदान गर्ने निश्चित जस्तै रहेको भन्दै उनले त्यसबाहेक अन्य दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा,राष्ट्रिय स्वतन्त्र पार्टी,रास्वपा राष्ट्रिय जनमोर्चालगायतका दलसँग पनि छलफल भइरहेको बताएका छन् । ती दलले पनि रामसहायकै पक्षमा मतदान गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ रहेको छ ।

स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह र प्रभु साहले पनि जसपाका उम्मेदवार रामसहाय यादवलाई नै सघाउने विश्वास आफूलाई लागेको उनले बताएका हुन् । 

नेकपा एमालेबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्यलाई नेकपा एमालेबाहेकका अन्य कुनै दलले खुलेर समर्थन गरेका छैनन् । नेकपा एमालेको मतभार १५ हजार तीन सय १२ छ । नेकपा एमालेलाई पनि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको आश छ । यी दुवै पार्टीको मतभार तीन हजार ९५१ छ । नेकपा एमालेसँग यो मतभार जोड्दा १९ हजार २६३ पुग्छ । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति चुनावमा सत्ता गठबन्धनको उम्मेदवारलाई सघाएको कारण उपराष्ट्रपतिमा पनि रामसहाय यादवलाई सघाउने जसपाका नेताहरुको दाबी छ ।

यता, उपराष्ट्रपति पदमा उम्मेदवार रहेकी ममता झासँग हालसम्म तीन हजार १०५ मतभार निश्चित छ । उम्मेदवार झालाई समर्थन गरेको लोसपाको मतभार ९७१, नागरिक उन्मुक्ति पार्टीको मतभार ८९२ र जनमत पार्टीको मतभार एक हजार २४२ छ । अन्य उम्मेदवारको तुलनामा यो मतभार निकै कम हो । जनमत पार्टीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि आश गरेको छ ।

उम्मेदवार झा विगतमा राप्रपामा रहेका कारण उनले राप्रपासँग छलफल गरिरहेकी छन् । ममता झासँग हालसम्म सुनिश्चित रहेको तीन हजार १०५ मतभार नेकपा एमालेको मतभारसँग जोड्दा १८ हजार ४१७ हुन्छ । त्यसमा राप्रपाको मतभार जोड्दा पनि २० हजार ८७६ मतभार मात्र पुग्छ । नेकपा एमालेलाई चुनाव जित्नका लागि अझै ६ हजार मतभार आवश्यक पर्छ । त्यसमा नेमकिपाको २२३, हाम्रो नेपाली पार्टीको ९६ र राष्ट्रिय सभामा मनोनित गरिएको तीनजनाको मतभार २३७ जोड्दा पनि जित्ने सम्भावना देखिँदैन । सत्ता गठबन्धनको मत काटिएको अवस्थामा मात्र नेकपा एमालेलाई चुनाव जित्न सहज हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४