Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निवर्तमान राष्ट्रपति भण्डारीलाई छाड्न गएनन् गृहका कर्मचारी, सेनाले घर पुर्‍यायो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २९ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । सात वर्षे कार्यकाल सकेर आज निवृत्त निवर्तमान राष्ट्रपति विद्या भण्डारीलाई शीतल निवासबाट बिदाई गर्ने बेला नयाँ राष्ट्रपति रामचन्द्र पौडेल कारसम्म छाड्न गए । राष्ट्रपतिले विनयशीलता र राजनीतिक संस्कार प्रकट गर्दैगर्दा सरकारले निवास पठाउने बारेमा भने प्राविधिक त्रुटि गर्न पुगेको छ ।

यसअघि प्रथम राष्ट्रपति डा.रामवरण यादवलाई निवाससम्म छाड्न तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सहसचिवको नेतृत्वमा टिम पठाएको थियो । यसपल्ट भण्डारीलाई छाड्न भने कसैलाई पठाइएन । 

भण्डारी राष्ट्रपति छँदा प्रेस विज्ञ रहेका टीका ढकालका अनुसार नेपाली सेनाका बिग्रेडियर जनरल पवन घिमिरे नेतृत्वको टुकडीले भण्डारीलाई बालुवाटारस्थित छोरी उषाकिरण भण्डारीको घरसम्म छाडेको हो । ‘मन्त्रालयबाट अरु कोही आउनुभएन, सेनाको टोलीले घरमा ल्याएर छाड्यो,’ ढकालले भने ।

यसअघि प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई छाड्न गृहमन्त्रालयका तत्कालीन सहसचिव गणेश ढकाल बागडोल निवास गएका थिए ।

राष्ट्रपतिको स्वागत र बिदाइसम्बन्धी सबै काम शीतल निवासमा हुने भए पनि यसको सम्पूर्ण व्यवस्थापन गृह मन्त्रालयले हेर्छ । मन्त्रालय अन्तर्गत समारोह व्यवस्थापन समितिले यसको जिम्मा लिने गर्छ ।

निवर्तमान भण्डारीको बिदाइ कार्यक्रममा भने गृह मन्त्रालयले प्रक्रियागत त्रुटि गर्न पुगेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४