Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति स्वागत र बिदाइका ५ रोचक दृश्य


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २९ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत, अनि निवर्तमान राष्ट्रपति विद्या भण्डारीको बिदाइका क्रममा पाँच रोचक दृश्य देखिए ।

दृश्य एक – शपथ ग्रहणमा त्रुटि

शपथको ब्यहोरा पढ्दापढ्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीभन्दा अघि अघि राष्ट्रपति पौडेलले लिखित ब्यहोरा बाचन गर्न थालेपछि एडिसीले रोकेको दृश्य देखियो ।

म संविधान र कानुनको अधीनमा रही भन्दैगर्दा राष्ट्रपति पौडेलले सबै व्यहोरा पढ्न थालेपछि एडिसीले रोकेका हुन् । दृश्यमा निवर्तमान राष्ट्रपति भण्डारीले पौडेललाई सम्झाएजस्तो देखिन्छ । त्यसपछि फेरि कार्कीले व्यहोरा पढ्छन्, अनि राष्ट्रपति पौडेलले दोहोर्‍याउँछन् ।

दृश्य दुई – कुर्सी साट्दा अलमल

शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारी बसेको कुर्सीमा राष्ट्रपति पौडेललाई राख्ने, अनि पौडेलको कुर्सीमा भण्डारी राख्ने क्रममा उद्घोषक यादव कोइरालाले गड्बडी गर्छन् । उनले प्रधानमन्त्री, पार्टी प्रमुखहरु तथा कुटनीतिज्ञहरुको बधाई लिने कार्यसूची अघि बढाउँछन् । उनले कुर्सी साट्ने कार्यक्रमबारे जानकारी नगराएपछि विद्या भण्डारीले सम्झाएको भिडियो देख्न सकिन्छ । त्यसपछि यादव कोइराला बोल्न रोकिन्छन् । कुर्सी साटासाट हुन्छ ।

दृश्य तीन – भण्डारीलाई कारसम्म छाड्न गए पौडेल

निवर्तमान राष्ट्रपति भण्डारीले राष्ट्रपति पौडेललाई बधाई दिँदै हात मिलाउँछिन् । पौडेलले पहिले नमस्कार गर्छन् । अनि हात दिन्छन् । त्यसपछि भण्डारी सबैलाई बिदाइका हात हल्लाउँदै कारतिर बढ्छिन् । उनी पौडेलसँग बिदा माग्छिन् । तर पौडेलले केही बोलेको भान हुन्छ । सम्भवतः उनले कारसम्म म पनि जान्छु भनेको जस्तो संकेत मिल्छ । किनभने उनी त्यसपछि भण्डारीको पछिपछि कारसम्म जान्छन् । बिदाइ गरेर मन्चमा फर्कन्छन् ।

दृश्य चार – भण्डारी बसेको कुर्सीमा प्रथम महिला

संयोग नै भनौं, यसअघिका दुई राष्ट्रपति क्रमशः एकल पुरुष तथा एकल महिला थिए । तेस्रो राष्ट्रपति पौडेललाई पत्नी सविता पौडेललाई साथै लगेर शपथ ग्रहण गर्ने सुयोग जुर्यो । भण्डारी बिदाइ गरेर उनी मन्चमा फर्कदा प्रथम महिलाका रुपमा सवितालाई पौडेलको साथैमा राखियो । यो अन्तर्राष्ट्रिय रुपमा स्थापित सामान्य प्रचलन नै हो । नेपालमा भने गणतन्त्रपछि यो पहिलोपटक देखिएको दृश्य हो ।

दृश्य पाँच– अरुलाई नमस्कार, रामबरणलाई हात

बधाई ग्रहण क्रममा रामचन्द्रले छेउमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काम प्रधानन्याधीश हरिकृष्ण कार्कीलगायतसँग हात मिलाएका थिए । तल्लो भागमा रहेको टेन्टमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत नेताहरुसँग भने उनले परैबाट हात हल्लाएर बधाई ग्रहण गरे । उनीहरुलाई राष्ट्रपति पौडेलले नमस्कार गरे । नेताहरुले पनि नमस्कार फर्काए ।

तिनै नेताहरुसँगै बसिरहेका प्रथम राष्ट्रपति रामवरण यादवसँग भने पौडेलले हात मिलाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४