Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिविको केन्द्रीय क्याम्पसमा अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २८ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विभिन्न पदको लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ५१ गरी ११५ जनाको उम्मेदवारी परेको छ ।

स्ववियु निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि मात्र १४ जनाले उम्मेदवारी दर्ता गरएका छन् । समितिले ४ जना स्वतन्त्र विद्यार्थीले र अनेरास्ववियुको तर्फबाट १ जनाले उम्मेदवारी दिएको जानकारी दिएको छ ।

त्यस्तैगरी क्रान्तिकारी विद्यार्थी आन्दोलनको तर्फबाट, स्वतन्त्र विद्यार्थी समूहबाट, नेविसंघबाट, स्वतन्त्र विद्यार्थी संघबाट, नेपाल विद्यार्थी संघबाट, अखिल क्रान्तिकारीबाट, अनेरास्ववियूबाट, नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट र अखिल (क्रान्तीकारी) संयुक्तबाट गरी १४ जनाले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेका छन् ।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४