Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१० दलीय गठबन्धनबाट जसपाका यादवको उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २७ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

शनिबार संसद भवनमा पुगेर १० दलीय गठबन्धनको तर्फबाट उहाँले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ताका क्रममा जसपा नेताहरुको साथै नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रमुख सचेतक प्रकाश ज्वाला पनि सहभागी हुनुहुन्थ्यो ।

निर्वाचन आयोगले आज उपराष्ट्रपतिका लागि मनोनयन दर्ताको समय दिएको छ । आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ । प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी हुनुहुन्छ भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहनुभएको छ ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संव्रद्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसअघि, नेकपा (एमाले) बाट पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४