काठमाडौं । आफ्नो बिवाहलाई नै गुपचुपमा राखेका सबैका लोक प्रियगायक राजेशपायल राईले विवाहदर्ता गरिसकेको खुल्न गएको छ। उनले खोटाङकै एक युवतीसँग विवाह दर्ता गरिसकेको प्रमाणपत्र सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रमाणपत्र अनुसार उनले खोटाङको जन्तेढुंगा ३ की साङ्गबुङ्ग राईसँग विवाह गरेका छन्। लोकप्रिय गायक राजेशपायल राईको पुर्खौली घर खोटाङको दिक्तेल नगरपालिकाको बुईपा हो। हाल उनीहरु काठमाडौं महानगरपालिका ३१ मा बस्दै आएका छन्।
उनले काठमाडौंबाटै विवाहदर्ता गरेका हुन्। राजेशपायल राईले आफूभन्दा आधाबढी कान्छी युवतीसँग विवाह गरेका छन्। राजेशपायल ४७ वर्षका भए। तर उनले २१ वर्षीया साङ्गबुङ्गसँग विवाह गरेका छन्।
उनीहरुका एक छोरा समेत छन्। त्यतिहुँदा पनि विवाह बारे सार्वजनिक रुपमा नखुलेका राजेशपायल राईले गत मंसिर २६ गते नै विवाह गरेको खुल्न आएको छ।