Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपेन्द्र यादवलाई उपचुनाव लड्ने बाटो खुल्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २५ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । जसपाले बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फेरि चुनाव लड्ने मार्गप्रशस्त भएको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउने गठबन्धनकै तर्फबाट उपराष्ट्रपति यादव चुनाव लड्ने भएका कारण उनी जित्ने पक्का छ । त्यसमाथि एमालेले उपराष्ट्रपति पदमा उम्मेदवारी नदिने धेरै सम्भावना छ । एमालेले भोलि शुक्रबार पार्टी केन्द्रीय कार्यालय बैठक डाकेर यसबारे औपचारिक निर्णय गर्ने सम्भावना छ ।

यस्तो भएमा यादव उपराष्ट्रपतिमा सर्वसम्मत बन्न सक्छन् ।

उनको जितसँगै रिक्त हुने बारा २ को निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादव लड्न चाहन्छन् । यादव यसअघि सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित थिए ।

जसपा प्रवक्ता मनिष सुमनका अनुसार यसबारे पार्टीमा कुनै निर्णय भएको छैन । ‘कुनै पनि सम्भावनामा जान सक्छौं, त्यसका लागि संसदीय बोर्ड र क्षेत्रीय समितिको बैठक बस्छ,’ सुमनले भने, ‘तर हतार भयो भने सिधै केन्द्रीय समितिले निर्णय गर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४