Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा माओवादीको निर्णय : मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने, सत्ता पक्षको बेन्चमा बस्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २१ २०७९
  • 2K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने र सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री शाहले आज दिउँसो १ बजेको संसद बैठकमा विश्वासको मत लिंदैछन् ।

शनिबार बसेको नेकपा माओवादी संसदीय दलको बैठकले आलोपालो सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँटमा ठोस सहमति नभएको भन्दै विश्वासको मत नदिने निर्णय गरेको थियो । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका नेता खगराज भट्टलाई अहिलेको आठ दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका थिए ।

त्यसपछि आज बिहान बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने र सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको एक सांसदले जानकारी दिएका हुन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४