Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छाैँ : माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २० २०७९
  • 1.4K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको छ ।

शनिबार आयोजित नेकपा एकीकृत समाजवादी निकट दलित मुक्ति संगठनको कार्यक्रममा सम्बोधन गर्दै उहाँले अरु पार्टी सरकारबाट हटेकाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

अध्यक्ष नेपालले आफूहरु देशभरका कम्युनिस्टलाई मिलाउनका लागि आफ्नै मान्यतामा दृढताका साथ उभिने तर्क गर्नुभयो । आफूहरु कुनै पार्टीमा गएर समाहित नहुने भन्दै उहाँले राजनीतिमा आफ्नो पार्टीको बेग्लै पहिचान र भूमिका रहेको तर्क गर्नुभयो ।

गत पुस १० गते नयाँ सत्ता गठबन्धन बनाउँदाको सहमति तोडेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनलाई केन्द्रमा राखेर नेपाली कांग्रेससहितको गठबन्धन बनाएका थिए । त्यसपछि नेकपा एमाले र राप्रपाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएका थिए ।

समर्थन फिर्तापछिको एक महिनाभित्रमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४