Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको ग्रास रुटमा फुट !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २० २०७९
  • 3K
    SHARES

काठमाडौँ । नेकपा एमालेले सञ्चालन गरेको ग्रास रुट कार्यक्रममा नेता कार्यकर्ताबीच तीव्र मतभेद देखिएको छ ।

नेकपा एमालेको ग्रास रुट कार्यक्रम जनजागरण भन्दा पनि नेताहरूका गुटगत भेलाको रूपमा परिणत भएको देखिएको हो । जहाँ नेता कार्यकर्तामा फुट देखिएको हो ।

शुक्रबार मात्रै अछामको साँफेबगरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूह र पार्टीका प्रभाब शालि नेता डा.भीम बहादुर रावल निकट समूहले छुट्टाछुट्टै ग्रास रुट कार्यक्रम गरेको थियो । छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएपछि एक अर्काप्रति आरोप प्रत्यारोप समेत भएको थियो ।

एक पक्षले आयोजना गरेको ग्रास रुट कार्यक्रममा सहभागी नेकपा एमाले नेता डा.भीम बहादुर रावलले आफू हिजोको जनप्रतिनिधि भएकोले नगर कमिटीले बोलाएर आएको दाबी गरेका छन् ।

त्यस्तै, अर्को पक्षले आयोजना गरेको कार्यक्रममा सहभागी पार्टीका पोलिटब्युरो सदस्य गौरी ओलीले आफूलाई पार्टीले अभियानका लागि खटाएकोले आफ्नो कार्यक्रम आधिकारिक रहेको दाबी गरिन् ।

उनले शुक्रबार जे घटना घट्यो त्यो केन्द्रमा स्पष्ट रिपोर्टिङ गर्ने समेत बताइन् ।

केन्द्रले साँफेबगर नगरपालिकामा अभियान सञ्चालनको लागि पोलिट ब्युरो सदस्य गौरी ओलीलाई पठाएकोमा डा.भीम बहादुर रावल पक्षले रावललाई प्रमुख अतिथि बनाएर छुटै कार्यक्रम सञ्चालन गरेको हो ।

दुई पक्षले साँफेबगरमै छुट्टाछुट्टै कार्यक्रम गर्दा केही समय तनाव भएको थियो । पछि सुरक्षाकर्मी परिचालन गरी अवस्थालाई सामान्य पारिएको थियो । पार्टीको ब्यानरमा छुटै कार्यक्रम गर्ने कार्यविधि विधान विपरीत भएको नेकपा एमाले अछाम जिल्ला अध्यक्ष चन्द्र बोहराले बताएका छन् ।

डा.भीम बहादुर रावल अछाममा भएकाले रावललाई प्रमुख अतिथि बनाएर गौरी ओलीलाई विशिष्ट अतिथि बस्न भनेको तर उनले नमान्दा कार्यक्रम फरक–फरक भएको साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको भनाइ रहेको छ । आफू नगरको अध्यक्ष भएकोले रावल उपस्थित कार्यक्रम आधिकारिक भएको कुँवरको दाबी छ ।

रावल उपस्थित कार्यक्रममा करिब डेढ सयको हाराहारीमा सहभागिता रहेको तर ओली सहभागी कार्यक्रममा करिब ६० जनाको हाराहारीमा उपस्थिति रहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४